ब्लु बस लोकप्रियताका लागि ल्याइएको अल्पकालीन घोषणा होइन : सीता बादी

ब्लु बस लोकप्रियताका लागि ल्याइएको अल्पकालीन घोषणा होइन : सीता बादी
सुन्नुहोस्

काठमाडौं : महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले महिला र पुरुषबीच स्थायी विभाजन सिर्जना गर्न वा लैंगिक असमानतालाई प्रोत्साहन गर्ने सरकारी नीति नभएको बताएकी छन् । 

बिहीबार राष्ट्रियसभा बैठकमा महिलाका लागि सरकारले अघि बढाएको निःशुल्क ब्लु बस सेवाको सम्बन्धमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिदै महिलाका लागि छुट्टै बस सेवा सञ्चालन गरेर लैंगिक असमानतालाई प्रोत्साहन गर्ने सरकारी नीति नभएको बताएकी हुन् । उनले सार्वजनिक यातायातमा महिलाले भोग्दै आएका यौनजन्य दुर्व्यवहार, असुरक्षा, भिडभाड तथा आगमनसम्बन्धी व्यवहारिक कठिनाइलाई तत्काल सम्बोधन गर्ने लक्षित उपायका रूपमा ब्लु बस सेवा अगाडि बढाइएको स्पष्ट पारिन् ।

निःशुल्क ब्लु बस लैंगिक असमानतातर्फ धकेल्ने कदम नभई विद्यमान असमान जोखिम न्यूनीकरण गर्ने विषयलाई विशेष लक्षित तथा आवश्यकतामा आधारित उपाय भएको उनको भनाइ छ । उनले महिला र पुरुषले एउटै सार्वजनिक यातायातमा सुरक्षित, सम्मानजनक र सहज रूपमा यात्रा गर्न सक्ने वातावरण निर्माण गर्नु नै सरकारको मूल लक्ष्य भएको धारणा राखिन् ।

मन्त्री बादीले ब्लु बसको सेवा केवल प्रचार वा लोकप्रियताका लागि ल्याइएको अल्पकालीन घोषणा नभइ महिलाले हाल भोगिरहेका जोखिमलाई तत्काल सम्बोधन गर्दै समग्र सार्वजनिक यातायात प्रणालीको दीर्घकालीन सुधारतर्फ अघि बढ्ने लक्षित र संक्रमणकालीन प्रयास भएको बताइन् । सार्वजनिक यातायात प्रणालीलाई लैंगिकमैत्री, सुरक्षित, मर्यादित र पहुँचयुक्त र उत्तरदायी बनाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.