एउटा फोटोले जिताउन सक्छ नयाँ अथर स्कुटर: नाइमा २०२६ मा अथर नेपालले फेरि ल्यायो बहुप्रतीक्षित मेगा गिभअवे
काठमाडौं : नाइमा मोबिलिटी एक्स्पो २०२६ नजिकिँदै जाँदा विद्युतीय सवारीप्रति उत्साह झन् बढिरहेको छ। यही अवसरलाई अझ विशेष बनाउन अथर इनर्जी नेपालले प्रदर्शनीमा आउने सबै आगन्तुकका लागि आकर्षक मेगा गिभअवे अभियान पुनः सञ्चालन गर्ने भएको छ। यस अभियानमार्फत एक भाग्यशाली विजेताले ब्रान्ड-न्यु अथर स्कुटर जित्ने अवसर प्राप्त गर्नेछन्।
गत वर्ष अथर नेपालले आयोजना गरेको यही अभियानमार्फत सालिक राम कँडेलले अथर Rizta जित्न सफल भएका थिए। सहभागीहरूबाट प्राप्त उत्साहजनक प्रतिक्रिया र अपार मायापछि यस वर्ष पनि अथर नेपालले यो लोकप्रिय सामाजिक सञ्जाल अभियानलाई निरन्तरता दिएको हो। अब एउटा फोटो, एउटा पोस्ट र थोरै भाग्यले तपाईंलाई नयाँ अथर स्कुटरको मालिक बनाउन सक्छ।
कसरी सहभागी हुने?
• अथर इनर्जी नेपालका आधिकारिक Facebook, Instagram र TikTok पेजहरू Follow गर्ने।
• नाइमा मोबिलिटी एक्स्पो २०२६ अन्तर्गत हल सी, स्टल सी२ मा रहेको अथर स्टलमा आउने।
• अथर स्कुटरसँग एउटा आकर्षक फोटो खिच्ने।
• उक्त फोटो आफ्नो सामाजिक सञ्जालमा पोस्ट गर्दै @AtherEnergyनेपाल लाई Tag गर्ने तथा आफ्ना दुई जना साथीलाई पनि Tag गर्ने।
यी चार चरण पूरा गरेपछि सहभागी स्वतः लक्की ड्र मा समावेश हुनेछन्, जहाँबाट एक भाग्यशाली विजेताले ब्रान्ड-न्यु अथर स्कुटर जित्नेछन्। तर अथर को अनुभव यतिमै सीमित रहने छैन।
यस वर्षको अथर स्टललाई आगन्तुकहरूले विद्युतीय सवारीको भविष्यलाई नजिकबाट अनुभव गर्न सकून् भन्ने उद्देश्यले विशेष रूपमा तयार गरिएको छ। यहाँ आगन्तुकहरूले अथरका नवीनतम प्रविधि, स्मार्ट फिचरहरू तथा इन्टेलिजेन्ट इलेक्ट्रिक मोबिलिटी समाधानहरू प्रत्यक्ष अनुभव गर्न पाउनेछन्। साथै, विभिन्न अन्तरक्रियात्मक डेमो र आकर्षक गतिविधिहरूमार्फत अथर किन बजारको अग्रणी विद्युतीय स्कुटर ब्रान्डमध्ये एक हो भन्ने अनुभव पनि लिन सकिनेछ।
नाइमा मोबिलिटी एक्स्पो २०२६ आगामी ११ अगस्टदेखि १६ अगस्ट २०२६ सम्म सञ्चालन हुनेछ। यस अवधिमा हल सी, स्टल सी२ मा रहेको अथर स्टलमा अवश्य आउनुहोस्, अथर को जादुई अनुभव महसुस गर्न सकिन्छ, हाम्रो टोलीसँग भेटघाट गर्न सकिन्छ, नवीनतम उत्पादनहरू अवलोकन गर्न सकिन्छ र मेगा गिभअवेमा सहभागी भई नयाँ अथर स्कुटर जित्ने अवसर प्राप्त गर्न सकिन्छ
प्रतिक्रिया दिनुहोस !