कांग्रेस आधिकारिकता विवाद: सर्वोच्चले फैसला पुनरावलोकन गर्न दियो अनुमति

कांग्रेस आधिकारिकता विवाद: सर्वोच्चले फैसला पुनरावलोकन गर्न दियो अनुमति
सुन्नुहोस्

काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादमा यसअघि भएको आफ्नो फैसला पुनरावलोकन गर्न अनुमति दिएको छ।  कांग्रेसको आन्तरिक विवादमा निर्वाचन आयोगको निर्णय सदर गर्ने  सर्वोच्च अदालतको फैसला पुनरावलोकनको माग गर्दै पूर्व सभापति शेरबहादुर देउवा पक्षले दिएको निवेदनमा सर्वोच्चले पुनरावलोकनको अनुमति दिएको हो।

न्यायाधीश मनोजकुमार शर्मा,नित्यानन्द  पाण्डेय र श्रीकान्त पौडेलको संयुक्त इजलासले निवेदन अध्ययनपछि पुनरावलोकनको अनुमपति दिएको हो। नरावलोकनको अनुमति पाएसँगै अब मुद्दाको सुनुवाइ प्रक्रिया अगाडि बढ्नेछ। 

यसअघि न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले वैशाख ४ गते देउवा पक्षले दायर गरेको रिट खारेज गर्दै विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन कुमार  थापाको कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको  थियो।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.