सीजेपीले गर्‍यो अर्को अभियान घोषणा, अभिजीत दीपकेले सार्वजनिक गरे रणनीति

सीजेपीले गर्‍यो अर्को अभियान घोषणा, अभिजीत दीपकेले सार्वजनिक गरे रणनीति
सुन्नुहोस्

भारत : कक्रोच जनता पार्टी (सीजेपी) ले जन्तर–मन्तरमा हालै गरेको विरोध प्रदर्शनपछि राष्ट्रव्यापी जनसम्पर्क अभियान घोषणा गरेको छ । सीजेपीका संस्थापक अभिजीत दीपकेले बिहीबार आफ्नो गृह नगर छत्रपति सम्भाजी नगरमा ‘क्या बोलती पब्लिक’ नामक अभियानको घोषणा गरेका हुन् । यस अभियानको उद्देश्य ‘जनताका वास्तविक समस्या बुझ्नु’ रहेको उनले बताएका छन् ।

यस वर्ष जुन र जुलाई महिनामा सीजेपीले नीट पेपर लीक प्रकरणमा तत्कालीन शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै नयाँ दिल्लीको जन्तर–मन्तरमा आन्दोलन सुरु गरेको थियो । २५ जुलाईमा धर्मेन्द्र प्रधानको राजीनामापछि उक्त आन्दोलन समाप्त भएको थियो ।

बिहीबार छत्रपति सम्भाजी नगरमा सीजेपीका संस्थापक अभिजीत दीपकेले पार्टीका प्रवक्ता सौरभ दास र आशुतोष रांकासँगै आगामी रणनीति सार्वजनिक गरे । अभिजीत दीपकेले आफ्नो अभियानको पहिलो प्राथमिकता शिक्षा क्षेत्र हुने बताए । उनले विद्यालय, कलेज र कोचिङ संस्थाहरूको बढ्दो शुल्कका कारण धेरै परिवारका लागि गुणस्तरीय शिक्षा पाउन कठिन भइरहेको दाबी गरेका छन् ।

अभिजीत दीपकेले के भने ?
आफ्नो गृह नगरमा सञ्चारकर्मीसँग कुरा गर्दै अभिजीत दीपकेले संस्थागत जवाफदेहिताको विषय उठाएका छन् । उनले देशका विभिन्न संस्थाप्रतिको जनविश्वास घट्दै गएको र जनतामा आक्रोश बढिरहेको दाबी गरे । उनले भने, ‘राजनीतिको कुरा गर्दा मानिसहरू भन्छन्–हामी बिहान एउटा पार्टीलाई छान्छौं, बेलुका ऊ अर्को पार्टीमा पुगिसकेको हुन्छ । हामी एउटा सरकार बनाउन मतदान गर्छौं, तर पछि अर्कै सरकार बन्छ । जब यस्तो हुँदैन, तब ईडी–सीबीआई प्रयोग गरेर पार्टीहरू फुटाइन्छन् । राजनीतिक प्रणालीप्रतिको विश्वास घट्दै गएको छ । यस्तो अवस्था लोकतन्त्रका लागि खतरनाक संकेत हो ।’

दीपकेले निर्वाचन आयोगमाथि पनि प्रश्न उठाए । उनले भने, ‘एक समय थियो जब मतदाताले सरकार छान्थे, तर अहिले यस्तो अवस्था आएको छ कि सरकारले नै मतदाता को हुने भन्ने निर्णय गर्न थालेको छ । सरकारले कसले मतदान गर्ने र कसले नगर्ने भन्ने निर्धारण गर्न थालेको छ । लोकतन्त्र यसरी चल्न सक्दैन । निर्वाचन आयोगको जवाफदेहिता तय हुनुपर्छ ।’

उनले न्यायपालिकामाथि पनि प्रश्न उठाउँदै भने, ‘सामान्य मानिस अदालत जाँदा सुनुवाइ ढिलो हुन्छ, फैसला आउन समय लाग्छ । तर ठूला व्यापारी अदालत जाँदा धेरै छिटो सुनुवाइ हुन्छ । कतिपय अवस्थामा मध्यरातमा पनि सुनुवाइ भएको छ । जहाँ सरकार ढाल्ने विषय हुन्छ, त्यहाँ तुरुन्त सुनुवाइ हुन्छ ।’
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.