‘नेपाल ई–प्रमाणीकरण’ प्रणाली सुरु

‘नेपाल ई–प्रमाणीकरण’ प्रणाली सुरु
सुन्नुहोस्

काठमाडौं : कन्सुलर प्रमाणीकरण सेवालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ सरकारले नेपाल ई–प्रमाणीकरण प्रणालीको शुभारम्भ गरेको छ । बिहीबार सिंहदरबारमा परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल ई–प्रमाणीकरण प्रणालीको शुभारम्भ गरेका हुन् । नेपाल ई–प्रमाणीकरण प्रणालीको शुभारम्भ भएसँगै कन्सुलर प्रमाणीकरण सेवा थप सहज, पारदर्शी, व्यवस्थित, प्रभावकारी र प्रविधिमैत्री हुने मन्त्री खनालले बताए ।


कन्सुलर सेवा विभागले विकास गरेको नयाँ प्रणालीमार्फत अब संसारको जुनसुकै स्थानबाट अनलाइन आवेदन पेस गर्न, आवेदनको अवस्था बुझ्न, राजस्व भुक्तानी गर्न र अपोइन्टमेन्ट बुक गर्न सकिने उनले जानकारी दिए ।

मन्त्री खनालले विगतमा कागजात अपुग वा त्रुटिपूर्ण हुँदा सेवाग्राहीले बारम्बार आउजाउ गर्नुपर्ने र लाइन बस्नुपर्ने बाध्यता रहेकोमा, अब अनलाइन स्वीकृतिपछि मात्र विभाग उपस्थित भए पुग्ने भएकाले प्रक्रिया छिटो, सहज र मितव्ययी हुने विश्वास व्यक्त गरे । हुलाक सेवा विभागसँग सहकार्य गरी प्रमाणीकृत कागजात सेवाग्राहीको घरसम्मै पुर्‍याउने र स्थानीय तहहरूसँग अन्तर निकाय आबद्धता कायम गर्ने लक्ष्य राखिएको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.