वाइ-फाइ नेपालले श्री पाण्डेलाई सह-ब्रान्ड एम्बेसडरका रूपमा घोषणा गर्यो

वाइ-फाइ नेपालले श्री पाण्डेलाई सह-ब्रान्ड एम्बेसडरका रूपमा घोषणा गर्यो
सुन्नुहोस्

काठमाडौं : नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वाइ-फाइ नेपालले १५ श्रावण २०८३ मा काठमाडौंमा आयोजित विशेष समारोहमा सञ्चारकर्मी तथा पत्रकार श्री पाण्डेलाई सह-ब्रान्ड एम्बेसडरका रूपमा घोषणा गरेको छ। 

नेपालको सञ्चार क्षेत्रमा लामो समयदेखि सक्रिय श्री पाण्डे आफ्नो व्यावसायिक दक्षता, प्रेरणादायी यात्रा तथा पत्रकारिताप्रतिको समर्पणका लागि परिचित छिन्। उनको अनुभव, विश्वसनीयता र पत्रकारिताप्रतिको समर्पण वाइ-फाइ नेपालको विश्वसनीय, गुणस्तरीय तथा सबैका लागि पहुँचयोग्य इन्टरनेट सेवाप्रतिको प्रतिबद्धतासँग मेल खाने विश्वास कम्पनीले व्यक्त गरेको छ।

वाइ-फाइ नेपालले देशभरका घर-परिवार, व्यवसाय तथा समुदायलाई भरपर्दो, गुणस्तरीय र किफायती इन्टरनेट सेवा प्रदान गर्दै आएको छ। कम्पनीले डिजिटल पहुँच विस्तार गर्दै नेपालका विभिन्न क्षेत्रलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यका साथ निरन्तर रूपमा आफ्नो सेवा विस्तार गरिरहेको जनाएको छ।

कम्पनीका अनुसार, श्री पाण्डेसँगको यो सहकार्यले वाइ-फाइ नेपालको ब्रान्डलाई अझ सुदृढ बनाउनुका साथै गुणस्तरीय इन्टरनेट सेवाको पहुँच देशभर विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ। कम्पनीले आगामी दिनमा पनि नवीन प्रविधि, उत्कृष्ट ग्राहक सेवा तथा डिजिटल नेपालको निर्माणमा आफ्नो योगदानलाई अझ सशक्त बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ। 

यस अवसरमा बोल्दै वाइ-फाइ नेपालका प्रमुख कार्यकारी अधिकृत शत्रुहन पञ्जियारले भन्नुभयो, "श्री पाण्डेजस्तो अनुभवी सञ्चारकर्मीलाई वाइ-फाइ नेपाल परिवारमा स्वागत गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ। उहाँको अनुभव, विश्वसनीयता र समाजसँगको गहिरो सम्बन्धले हाम्रो ब्रान्डका मूल्य र प्रतिबद्धतालाई अझ प्रभावकारी रूपमा प्रस्तुत गर्ने विश्वास गरेका छौँ।" 

सह-ब्रान्ड एम्बेसडरका रूपमा नियुक्त भएपछि श्री पाण्डेले भनिन्, "वाइ-फाइ नेपालजस्तो विश्वसनीय ब्रान्डसँग सहकार्य गर्न पाउँदा म निकै खुसी छु। गुणस्तरीय इन्टरनेट सेवामार्फत देशभरका मानिसलाई जोड्ने यस यात्रामा सहभागी हुन पाउनु मेरा लागि गर्वको विषय हो।" 

हाल वाइ-फाइ नेपालले देशका विभिन्न जिल्लामा आफ्नो सेवा विस्तार गर्दै ग्राहकलाई भरपर्दो र गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्दै आएको छ। कम्पनीले आगामी दिनमा पनि अत्याधुनिक प्रविधि र उत्कृष्ट ग्राहक सेवामार्फत नेपाली उपभोक्तालाई अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

वाइ-फाइ नेपाल परिवार श्री पाण्डेलाई हार्दिक स्वागत गर्दै आगामी सहकार्य सफल र फलदायी रहने विश्वास व्यक्त गर्दछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.