करदाताले कसरी पाउँछन् उपहार ?

करदाताले कसरी पाउँछन् उपहार ?
सुन्नुहोस्

काठमाडौं : आन्तरिक राजस्व विभागले सञ्चालन गर्न लागेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत शुक्रबार भाग्यशाली करदाताहरूले कुल २५ लाख रुपैयाँ बराबरको नगद उपहार पाउने भएका छन्। विभागले पहिलो चरणको उपहार घोषणाका लागि सम्पूर्ण प्राविधिक तयारी पूरा गरेको जनाएको छ। बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष विभागका प्राविधिकहरूले नमुना उपहार छनोट विधि र प्रणालीको सफल परीक्षण प्रस्तुत गरे।

साउन १ गतेदेखि १५ गतेसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता र नगदमा कारोबार गरी बिल अपलोड गरेका उपभोक्ताहरू यो उपहार प्रक्रियामा सहभागी हुन पाउनेछन्। 

हरेक दिनको कारोबारका आधारमा १५ जनाले करकट्टीपछि एक–एक लाख रुपैयाँ र साउन १५ गतेसम्मका सबै उपभोक्तामध्येबाट एक जनाले बम्पर उपहारस्वरूप १० लाख रुपैयाँ नगद जित्नेछन्। बम्पर उपहारमा भने कानुन अनुसार कर लाग्नेछ।

आन्तरिक राजस्व विभागका महानिर्देशक तथा सहसचिव डा. भीष्मकुमार भूसाल भन्छन्, ‘साउन १ देखि १५ गतेसम्म अनलाइन भुक्तानी गरेका वा विभागको वेबसाइटमा भौतिक बिल अपलोड गरेका उपभोक्तामध्येबाट शुक्रबार उपहार घोषणा गर्दैछौँ।’ उनका अनुसार १५ जनाले एक–एक लाख र एक जनाले १० लाख रुपैयाँको बम्पर उपहार पाउनेछन्। उपभोक्तालाई बिल माग्ने बानीको विकास गराउन र कर प्रणालीलाई पारदर्शी बनाउन सरकारले बजेटमार्फत् नयाँ कार्यक्रम ल्याएको हो।

करदाता प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि अनुसार उपभोक्ताले मुख्य गरी दुई तरिकाबाट यो उपहार कार्यक्रममा सहभागी भई नगद पुरस्कार जित्न सक्नेछन्।  बैंक वा वालेटको क्युआर कोडमार्फत वस्तु तथा सेवा खरिद गरी भुक्तानी गरेका उपभोक्ताहरू यो प्रणालीमा स्वतः जोडिनेछन्। उनीहरूले अलग्गै आवेदन दिनु पर्दैन, तर दाबी गर्दा भने खरिद गरिएको बिल अनिवार्य रूपमा साथमा हुनुपर्नेछ।

नगदमा वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताले भने विक्रेतासँग अनिवार्य रूपमा प्यान वा भ्याट बिल माग्नुपर्नेछ। उक्त बिल आन्तरिक राजस्व विभागको आधिकारिक वेबसाइटमा गएर अपलोड गरेपछि प्राप्त हुने कुपनका आधारमा उनीहरू उपहार प्रक्रियामा सहभागी हुन पाउनेछन्।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत उपभोक्तालाई बिल लिने संस्कृतिको विकास गराउन र करदातालाई प्रोत्साहन गर्न उपहार कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका थिए। विभागका अनुसार अबदेखि यो कार्यक्रम नियमित रूपमा सञ्चालन हुनेछ। हरेक अघिल्लो महिनाको १ देखि १५ गतेसम्मको कारोबारका लागि पछिल्लो महिनाको १६ गते र १६ गतेदेखि बाँकी दिनको कारोबारका लागि महिनाको अन्तिम दिन उपभोक्ताहरूका लागि उपहार घोषणा गरिनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.