सेयर बजारमा करेक्सन : नेप्से परिसूचक र कारोबार रकम दुवै घट्यो

सेयर बजारमा करेक्सन : नेप्से परिसूचक र कारोबार रकम दुवै घट्यो

काठमाडौं : सेयर कारोबार साताको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक घटेर बन्द भएको छ। परिसूचक ४.०५ अंकले घटेर २६५०.०९ विन्दुमा झरेको हो। अघिल्लो दिन बिहीबार नेप्से परिसूचक १३.८२ अंकले घटेर २६५४.१५ विन्दुमा अडिएको थियो।

नेप्से घटेसँगै कारोबार रकममा पनि बिहीबारको तुलनामा कमी आएको छ। बिहीबार ४ अर्ब ६२ करोडको कारोबार भएकोमा यसदिन ३ अर्ब ७७ करोड मूल्य बराबरको कारोबार भयो।

यसदिन ३३४ वटा स्क्रिप्सको १ करोड ३ लाख १३ हजार ९७९ कित्ता सेयर ३ अर्ब ७७ करोड ४३ लाख ६१ हजार ५४१ रुपैयाँमा खरिदबिक्री भए।

नेप्से परिसूचक सामान्य अंकले घटे पनि कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर सर्वाधिक ८.५४ प्रतिशतल बढ्यो। कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३९ करोड मूल्य बराबरको कारोबार भयो।

रिडी पावरले २३ करोडको कारोबार गर्दा सानिमा बैंकले १७ करोड,कालिञ्चोक हाइड्रोपावरले १३ करोड र आँखु खोला जलविद्युत कम्पनीले ११ करोड मूल्य बराबरको कारोबार गरे।

कारोबारमा आएकामध्ये ८६ वटा स्टक्सको मूल्य बढ्दा १८४ वटाको घट्यो। ६ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। चारवटा समूहको उपसूचक बढ्दा अरु बाँकी समूहको उपसूचक नकारात्मक देखिए। मनु एण्ड प्रो,माइक्रोफाइनान्स,म्युचुअल फण्ड र ट्रेडिङ समूहको उपसूचकबाहेक अरु बाँकी समूहको उपसूचक नकारात्मक देखिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.