भाजपा अब आरएसएस र मोहन भागवतको कुरा सुन्दैन : अभिजीत दीपके

भाजपा अब आरएसएस र मोहन भागवतको कुरा सुन्दैन : अभिजीत दीपके
सुन्नुहोस्

भारत : जेन–जीलाई लिएर आरएसएस प्रमुख मोहन भागवतले दिएको बयानप्रति कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपकेले प्रतिक्रिया दिएका छन् ।

अभिजीत दीपकेले भने, ‘म चाहन्छु, भाजपाका नेताहरूले एक पटक मोहन भागवतको कुरा सुनून् । किनकि मोहन भागवत भाजपा संरक्षक हुन् । आरएसएस भाजपाको मार्गदर्शक हो । भाजपाले आरएसएस र मोहन भागवतको कुरा सुन्न छोडेको छ ।’ उनले भने, ‘मोहन भागवतजीले जेन–जीलाई राष्ट्रविरोधी नभन्नुहोस् भन्नु हुन्छ । तर भाजपाका नेताहरूले हामीलाई भाइरस भन्छन् । नितिन नवीनले यसलाई ‘कक्रोच भाइरस’ भनेका छन् । धर्मेन्द्र प्रधानले हामीलाई आतंकवादीहरूको ‘बी टिम’ भनेका थिए ।’

दीपकेले भने, ‘मलाई लागिरहेको छ कि भाजपाका नेताहरू आरएसएसभन्दा अलग भएर बोलिरहेका छन् । लोकतन्त्रमा सरकारलाई जनताको डर हुनुपर्छ भन्ने मलाई लाग्छ ।’ उनले थपे, ‘हाम्रा प्रधानमन्त्री हरेक वर्ष स्वतन्त्रता दिवसका अवसरमा लालकिल्लाबाट भाषण गर्नुहुन्छ । म चाहन्छु, यस पटकको उहाँको भाषण देशका युवाहरू र जेन–जीका लागि होस् । प्रधानमन्त्रीले बेरोजगारीका विषयमा सरकारले के गरेको छ र बेरोजगारी कसरी घटाउने योजना छ भन्ने बताउनु पर्छ ।’

राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का प्रमुख मोहन भागवत बिहीबार जेन–जीसँग सम्बन्धित एउटा कार्यक्रममा सहभागी भएका थिए । उनले हालै भएका जेन–जी प्रदर्शनका क्रममा उठाइएका गुनासाहरू जायज रहेको बताएका थिए । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.