यलुङ रि–हिमालको आधार शिविरमा पाँच जनाको शव फेला

यलुङ रि–हिमालको आधार शिविरमा पाँच जनाको शव फेला
सुन्नुहोस्

दोलखा : दोलखाको रोल्वालिङ हिमश्रृंखला अन्तर्गतको यलुङ रि–हिमालको आधार शिविरमा पाँच जनाको शव फेला परेको छ । यलुङ रि–आधार शिविरमा देखिएको पाँच वटा शव गत वर्ष कात्तिक १७ गते यलुङ रि आरोहणका क्रममा हिमपहिरोमा परेकाहरुको हुन सक्ने जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । 

गत वर्ष कात्तिक १७ गते  यलुङ रि हिमाल आरोहणका क्रममा पाँच विदेशीसहित दुई नेपाली हिमपहिरोमा परेका थिए ।  हिमपहिरोमा परेका दुई जनाको शव फेला परे पनि पाँच जना बेपत्ता भएका थिए । हिउँ पग्लिएपछि बिहीबार शव देखिएको र स्थानीयले तत्काल लिखित रूपमा प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । शुक्रबार हेलिकोप्टरमार्फत प्रहरी टोली यलुङ रिको आधार शिविरमा पुगे पनि मौसम खराब भएपछि शव नलिई फर्केको पनि जनाएको छ ।

गत वर्ष कात्तिक १७ गतेको हिमपहिरोमा नेपाली पथ प्रदशर्क सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ का मेरे कार्की र दोलखाको गौरीशंकर गाउँपालिका–९ का पदम तामाङको मृत्यु भएको थियो । हिमपहिरोमा परी इटलीका २, क्यानडाका १, फ्रान्सका १ र जर्मनीका १ पर्वतारोही बेपत्ता भएका थिए । यलुङ रिमा देखिएको शव हिमपहिरोमा बेपत्ता भएकाहरूको नै हो वा होइन भन्ने पहिचान भएपछि मात्रै भन्न सकिने प्रहरी कार्यालय दोलखाले जनाएको छ । सबै शव मौसमअनुकूल हुने बित्तिकै ल्याइने पनि जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.