आज राति देशका यी स्थानमा हुनेछ भारी वर्षा
काठमाडौं : आज राति कोशी, बागमती, गण्डकी, सुदूरपश्चिम प्रदेशका साथै लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मधेश प्रदेश र लुम्बिनी प्रदेशको तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली/पहाडी भू-भागको केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली/पहाडी भू-भागको थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू-भागका थोरै स्थानमा तथा मधेश प्रदेशको साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !