मुस्लिम र खाडी देशहरूलाई एकजुट हुन इरानको आह्वान

मुस्लिम र खाडी देशहरूलाई एकजुट हुन इरानको आह्वान

काठमाडौं : इरानले मुस्लिम समुदाय तथा खाडी क्षेत्रका देशहरूलाई एकजुट हुन अपिल गरेको छ। इरानी विदेशमन्त्री अब्बास अरागचीले सामाजिक सञ्जाल एक्समा लेख्दै भनेका छन्, 'इरानको शक्तिशाली सेनाले विश्वकै सबैभन्दा महँगो सेनाको अगाडि आफ्नो तयारी, क्षमता र तागतको प्रदर्शन गरेको छ।'

उनले अगाडि लेखेका छन्,'यदि मुस्लिमहरू एकजुट रहे भने हामी बाह्य शक्तिहरूको दुराशयपूर्ण हरेक चुनौतीको दृढताका साथ सामना गर्न सक्छौँ। अब हामीले आफूमाथि मात्र भरोसा गर्ने र सच्चा भाइचारालाई अंगाल्ने समय आएको छ।'

यसैबीच, इरानी राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिका र युरोपसँगको वार्ताका सम्बन्धमा इरानको अडानको बचाउ गरेका छन्। इरान आफ्नो राष्ट्रिय हितको रक्षाका लागि वार्ता जारी राख्न तयार रहेको तर आफ्नो सार्वभौमसत्ता वा रक्षा क्षमतालाई कमजोर बनाउने कुनै पनि माग स्वीकार नगर्ने उनले स्पष्ट पारेका छन्।

राष्ट्रपति पेजेस्कियानले छिमेकी देशहरूसँगको सम्बन्धमा सुधार, देशको नेतृत्व र सशास्त्र बलबीच समन्वयका साथै इजरायल र अमेरिकासँगको तनावका बीच क्षेत्रीय विभाजन रोक्न आवश्यक रहेको कुरामा जोड दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.