ग्यासमा कालो बजारी : सिरहामा सरकारले तोकेभन्दा प्रति सिलिन्डर २० रुपैयाँ बढी असुली

ग्यासमा कालो बजारी : सिरहामा सरकारले तोकेभन्दा प्रति सिलिन्डर २० रुपैयाँ बढी असुली
सुन्नुहोस्

सिरहा : सरकारले पूरा सिलिन्डर खाना पकाउने एलपी ग्यासको मूल्य बिक्री वितरणका लागि २०६० रुपैयाँ तोकेको छ । तर, सिरहामा डिलर र पसलवाला बिक्रेताहरूले उपभोक्तासँग सेवा शुल्कको नाममा थप २० रुपैयाँ असुली रहेको छ ।

२ हजार ८० रुपैयाँ तिर्नुपर्ने भएपछि चौतर्फी विरोध हुन थालेको छ । लहान नगरपालिकाले बढी लिएको रुपैयाँ फिर्ता गर्न निर्देशन जारी गरेका थिए । तर, सुनुवाइ भएको छैन ।

´सरकारले खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण गर्छ । नियामक निकायले त्यसको कार्यान्वयन गराउँछ । उपभोक्ताले सरकारले तोकेको मूल्य तिर्छन् र व्यवसायीले त्यही मूल्यमा ग्यास बिक्री गर्नुपर्छ,´एक उपभोक्ताले भने,´ तर यहाँ बिक्रेतासँगले पत्र नै लेखेर २० रुपैयाँ लिन लगाउँदै छ । नियामक निकाय केही गरिरहेको छैन ।` चारैतिर करको मारमा सर्वसाधारण रहेकै बेला ग्यासमा बढी रुपैयाँ तिर्नुपर्दा आर्थिक बोझ थपिएको उनले सुनाए ।

ग्यास बिक्रेता संघ सिरहाका अध्यक्ष प्रति सिलिन्डर सरकारले तोकेको भन्दा बढी रकम लिने गरेको स्वीकार गरेका छन् । उनका अनुसार डिलरको गोदाम भाडा, लेवर चार्ज बढी लागेपछि सेवा शुल्क २० रुपैयाँ लिने गरिएको छ । यस्तो नियम सिरहा मात्रै नभएर अन्य ठाउँमा पनि रहेको उनको तर्क छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.