सिरहामा ९१ किलो गाँजासहित एक जना पक्राउ, चार जना फरार

सिरहामा ९१ किलो गाँजासहित एक जना पक्राउ, चार जना फरार
सुन्नुहोस्

सिरहा : सिरहामा प्रहरीले लागूऔषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ । चार जना फरार रहेका छन् । जसमध्ये दुई जनाको पहिचान खुलेको छ ।

प्रहरीले नियन्त्रणमा लिएका भगवानपुर गाउँपालिका–४ जमुवाटोलका ४३ वर्षीय मोहन साह रहेका छन् । सोही ठाउँका ४३ वर्षीय कलेन्द्र यादव र ४५ वर्षीय ब्रहमदेव यादवसहित ४ जना फरार छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका सखुवानन्कारकटी गाउँपालिका–४ सिमरास्थित बलान खोलामा इलाका प्रहरी कार्यालय लहान र इलाका प्रहरी कार्यालय महेशवारीबाट खटिएको संयुक्त प्रहरी टोलीले गस्ती गर्ने क्रममा पाँच जना मानिस बोरा बोकी हिँडिरहेको अवस्थामा फेला पारेको थियो ।

प्रहरी टोलीलाई देखेपछि उनीहरूले बोरा फाली भाग्न खोजेका थिए । प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको र बाँकी चार जना फरार भएको जनाएको छ । नियन्त्रणमा लिएका व्यक्तिले बोकेको बोरा जाँच गर्दा गाँजा जस्तो देखिने पदार्थ फेला परेको थियो । उक्त पदार्थ तौल गर्दा ९१ किलो २५ ग्राम रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ भने फरार रहेका अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.