बालेनलाई एमाले सांसदको सुझाव : देश फेसबुकको पहुँचले होइन, संविधान र राज्यका संस्थाले चलाउनुपर्छ

बालेनलाई एमाले सांसदको सुझाव : देश फेसबुकको पहुँचले होइन, संविधान र राज्यका संस्थाले चलाउनुपर्छ
सुन्नुहोस्

काठमाडौं : एमाले संसदीय दलको सचेतकमा नीता घतानीले विपक्षी दल सदनका प्रतिपक्षी भएपनि नेपालका विपक्षी नभएको बताएकी छन्। आज प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेको सीमाबारेको अभिव्यक्तिलाई विरोध गर्दै उनले नेपालको भूगोल, राष्ट्रिय स्वाभिमान र नेपाली जनताको आवाज बोकेर संसदमा उभिएको बताएकी हुन्।

उनले सीमा नेपालको भूगोल, सार्वभौमसत्ता  स्वाभिमान पुर्खाले जोगाएर हामीलाई सुम्पिएको नेपाली अस्तित्व भएको उल्लेख गरिन्। ‘हामी यो सदनका प्रतिपक्षी हौँ, नेपालका विपक्षी होइनौँ। यो सदन अवरुद्ध गर्ने हाम्रो इच्छा होइन। हामी संसद् जिम्मेवार ढंगले चलोस् भन्ने चाहन्छौँ। जनताका समस्या उठाउन चाहन्छौँ। सरकारलाई  जिम्मेवार बनाउन चाहन्छौँ। तर नेपालको भूगोल र सार्वभौमसत्तासँग जोडिएको विषयमा हामी मौन बस्न सक्दैनौँ।’ उनले भनिन्,‘त्यसैले हाम्रो बिरोध निरन्तर  छ। प्रधानमन्त्रीज्यूले आफ्नो अभिव्यक्ति सच्याउनुपर्छ।उक्त विवादित भनाइ सम्मानित संसद्को अभिलेखबाट हटाउनुपर्छ। न सच्याउने, न हटाउने हो भने इतिहासले आफैँ फैसला गर्नेछ।’ 

देश फेसबुकको पहुँचले होइन, संविधान र राज्यका संस्थाले चलाउनुपर्छ

घतानीले प्रधानमन्त्री बालेनले राष्ट्रका नाममा सम्बोधन समेत आधिकारिक सरकारी सञ्चार माध्यमबाट नगरेको भन्दै आपत्ति जनाइन् । उनले देश फेसबुकको पहुँचले होइन, संविधान र राज्यका संस्थाले चलाउनुपर्ने उनको भनाई छ।

‘देशको प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन समेत आधिकारिक सरकारी सञ्चार माध्यमबाट होइन, मोनिटाइज्ड फेसबुक अकाउन्टबाट आउँछ। राष्ट्रलाई सम्बोधन गर्नुभएको हो कि आफ्नो फेसबुक पेजको भ्युज र मोनिटाइजेसन बढाउनुभएको हो?’ उनले भनिन्, ‘डिजिटल सरकार ठीक छ। प्रविधिको प्रयोग गरौँ। तर राज्यका आधिकारिक संस्था बाइपास गरेर फेसबुकको भ्युजबाट देश चलाउने होइन। देश फेसबुकको पहुँचले होइन, संविधान र राज्यका संस्थाले चलाउनुपर्छ।’

पुरस्कार दिने सरकारले स्वास्थ्य बीमा बन्द भएर उपचार नपाएका नागरिकलाई किन नदेखेको ?

सांसद घतानीले कर तिर्ने नागरिकलाई पुरस्कार दिने सरकारले स्वास्थ्य बीमा बन्द भएर उपचार नपाएका निम्न वर्गका नागरिकलाई किन नदेखेको भन्दै प्रश्न गरिन्। उनले भनिन्, ‘आज जनताको आँखामा आशा भन्दा निराशा धेरै, सुकुम्बासी आफ्नो बासको चिन्तामा, सहकारी पीडित आफ्नो बचत फिर्ता हुने आशामा, शिक्षक आफ्नो पेशागत भविष्यको चिन्तामा, व्यापारी व्यापार चलाउने कि बन्द गर्ने भन्ने दोधारमा, बिरामी उपचार पाइन्छ कि पाइँदैन भन्ने चिन्तामा छन्।

आम नागरिक ग्यासको सिलिन्डर नपाएर आज घरमा चुलो बल्छ कि बल्दैन, परिवारले खाना खान पाउँछ कि पाउँदैन भन्ने चिन्तामा छन्। बजारमा महँगीले आकाश छोएको छ, जनताको आम्दानी भने उही छ।’

उनले देशको एउटा वर्ग मात्र निराश छैन आज राज्यसँग जोडिएको हरेक वर्ग कुनै न कुनै पीडामा रहेको उल्लेख गरिन्। उनले भनिन्, ‘सिंहदरबार जलाएर घाइते बनाउने काम पर्याप्त भएनर अब यसको नाम इतिहास र अस्तित्व नै मेटाउने चलखेल बन्द गरियोस् ।’

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विपक्षीदलले बैठकको सुरुवातमा विरोध गर्दै आएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.