हिमपहिरोमा हराएका पाँच जनाको शव संकलन गरेर काठमाडौं पठाइयो

हिमपहिरोमा हराएका पाँच जनाको शव संकलन गरेर काठमाडौं पठाइयो
सुन्नुहोस्

दोलखाको गौरीशंकर गाउँपालिका-९ को यलुङ री हिमालमा गएको हिमपहिरोमा परी गत कात्तिकमा बेपत्ता भएका पाँच जनाको शव नौ महिनापछि फेला परेको छ। हिउँ पग्लिएपछि हिमालको आधार शिविर क्षेत्रमा शव देखिएसँगै जोखिम मोलेर गरिएको खोज तथा उद्धार प्रयासबाट पाँचै शव संकलन गरिएको हो। 

आइतबार बिहान संकलन गरेर रोल्वालिङ क्षेत्रकै ‘ना’ गाउँमा राखिएको शवहरू सोमबार मौसममा सुधार भएपछि परिवारको जिम्मा लगाउन काठमाडौं पुर्‍याइएको ड्रिम डेक्सटिनेसनका फुर्वा तेन्जी शेर्पाले बताए। हिमाल आरोहणको क्रममा बेपत्ता भएका ७ जनामध्ये फ्रान्सका मेनफेडी क्रिस्टिना एण्ड्रे र इटलीका पाउलो कोकोको शव त्यतिबेलै भेटिएको थियो। 

आइतवार संकलन गरिएका ५ शव मध्य दोलखाको गौरीशंकर गाउँपालिका-९ का पदम तमाङको शव चरिकोटमा राखिएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मनोज कुमार लामाले बताए। मृतक तमाङको शव पोष्टमार्टमपछि परिवारको जिम्मा लगाईने प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लामाले बताए।

क्यानेडियन मार्को डि मारसेलो, जर्मनका ज्याकोब इसरिवर, इटालीका मार्कोस किरचिलर र सोलुखुम्बु जिल्ला बुक्साका मेरे कार्कीको शव काठमाडौँ लगिएको र आवश्यक कानुनी प्रक्रिया पूरा गरी परिवारको जिम्मा लगाइएको ड्रिम डेक्सटिनेसनका फुर्वा तेन्जीले बताए। 

स्थानीयले ५ वटा शव देखिएको बताएपछि ड्रिम डेक्सटिनेसनले शव संकलन र पहिचानको लागि शुक्रवार यलुङ-रि हिमाल क्षेत्रमा हेलिकप्टर पठाएको भएपनि खराब मौसमको कारण शव पहिचान र संकलन सम्भव भएको थिएन। आइतबार आधार शिविरबाट शवहरू संकलन गरी ना गाउँमा राख्न सकिएपछि सोमबार काठमाडौं लगेर परिवारको जिम्मा लगाइएको हो।

लामो समयसम्म आफ्ना आफन्तको अवस्थाबारे अनिश्चित रहेका परिवारका लागि शव फेला पर्नु पीडादायी भए पनि अन्तिम सत्य थाहा पाउने आधार बनेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.