एसियाली आईटीएफ तेक्वान्दोमा शेखरलाई कास्य

एसियाली आईटीएफ तेक्वान्दोमा शेखरलाई कास्य
सुन्नुहोस्

काठमाडौं : नेपालका शेखर थापाले ११ औं एसियाली आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा कास्य जितेका छन्। मंगोलियाको उलानबटारमा भएको प्रतियोगितामा शेखरले ब्ल्याक बेल्ट तेस्रो डान प्याटर्नमा कास्य जितेको नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) का महासचिव घमबहादुर थापाले जनाएका छन्। शेखरसँगै मंगोलियाका दोर्जपालाम अयुर्जानान पनि तेस्रो भए। मलेसियाका चिन लुङ काङले स्वर्ण तथा फिलिपिन्सका अमाइज क्रिस्टर लुले दोस्रो भए।

शेखरले स्पाइरिङतर्फ पुरुष ६५–७० केजी तौलसमूहमा पनि प्रतिस्पर्धा गरेका थिए। यो स्पर्धामा शेखरले पदक जितेनन्। शेखर दक्षिण एसियाली आईटीएफ तेक्वान्दो च्याम्पियनसिपका पदक विजेता हुन्। उनले पहिलो संस्करणको प्याटर्न र दोस्रो संस्करणको स्पाइरिङमा रजत जितेका थिए। उनले तेस्रो इन्डो–नेपाल आईटीएफ तेक्वान्दोको स्पाइरिङमा स्वर्ण हात पारेका थिए। तेस्रो जनरल चोइ स्मृति राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगिताको प्याटर्नमा शेखरले पहिलो स्थान हात पारेका थिए।

महासचिव थापासहित उक्त प्रतियोगितामा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) का अध्यक्ष प्रवीणकुमार कार्कीले अम्पायरको भूमिका निर्वाह गरेका थिए। दोस्रोपटक एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगितामा अम्पायरको भूमिका निर्वाह गरेका अध्यक्ष कार्कीले आईएमजीसी विश्व च्याम्पियनसिप र दक्षिण एसियाली आईटीएफ तेक्वान्दामा पनि अम्पायरको भूमिका निर्वाह गरेका थिए।

त्यस्तै महासचिव थापा पनि दोस्रोपटक एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगितामा अम्पायरका रुपमा सहभागी भएका हुन्। थापाले सन् २०१९ र २०२५ मा आईटीएफ विश्व च्याम्पियनसिप तथा आईटीएफ वर्ल्ड कपमा पनि अम्पायरको भूमिका निर्वाह गरेका थिए। थापा दक्षिण एसियाली आईटीएफ तेक्वान्दामा पनि अम्पायरको जिम्मेवारीमा थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.