नारायणी अस्पतालमा ‘एन्टी स्नेक भेनम’ नहुँदा सर्पदशंका बिरामीले पाएनन् उपचार

नारायणी अस्पतालमा ‘एन्टी स्नेक भेनम’ नहुँदा सर्पदशंका बिरामीले पाएनन् उपचार
सुन्नुहोस्

वीरगन्ज : वीरगन्जको नारायणी अस्पतालमा सर्पले टोकेपछि बिरामीलाई लगाइने एन्टी स्नेक भेनम (एएसभी) नामक इन्जेक्शन (सुई) दुई दिनदेखि सकिएको छ । जसका कारण सर्पले डसेका बिरामीहरुलाई अस्पतालले अन्यत्र पठाउन थालेको छ । सोमबार नारायणी अस्पताल प्रशासनले नै एक सूचना जारी गर्दै सर्पले टोकेपछि बिरामीलाई लगाइने एन्टी स्नेक भेनम इन्जेक्शनको मौज्दात अस्पतालमा सोमबारदेखि सकिएको र तालुक कार्यालयबाट प्राप्त नभएकाले यसबाट बिरामीमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ । 

नारायणी अस्पतालमा उपचारका लागि दैनिक सरदर सात आठ जना सर्प दंशका बिरामी आउने गरेको अस्पतालको आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मी प्रहलादप्रसाद साहले बताए । तर सोमबारदेखि एन्टी स्नेक भेनम इन्जेक्शनको मौज्दात सकिएका कारण उपचारका लागि आउने सर्पदंशका बिरामीलाई अन्यत्र पठाउनु पर्ने बाध्यता रहेको उनले सुनाए । उनका अनुसार, नारायणी अस्पतालमा पर्सा, बारा, रौतहट, सर्लाहीलगायतका जिल्लाबाट सर्पदंशका बिरामीहरु उपचारका लागि आउने गरेका छन् । 

यसअघि अस्पतालमा मौज्दात सकिन थालेपछि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र जनकपुरको निर्देशनमा पर्साकै ठोरी, बाराको निजगढ, कौल्हबी, सर्लाहीको नवलपुरलगायतका स्थानमा रहेका सर्पदंश उपचार केन्द्रबाट मगाएर काम चलाइएको उनले बताए । 

अस्पतालमा एन्टी स्नेक भेनम इन्जेक्शनको मौज्दात सकिन लागेपछि साउन ७ गते नै आफू जनकपुर गएर प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा जानकारी गराएको भन्दै उनले भने, ‘त्यस दिन स्टक छैन भनेर फिर्ता पठाइ दिए । त्यसपछि गत आइतबार पनि फोन गर्दा अहिले आइसकेको छैन भन्ने जवाफ पाएँ  ।’ अब फेरि बुधबार प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा सम्पर्क गर्ने जानकारी पनि साहले गराए । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.