सेयर बजारमा सामान्य अंकको सुधार, कारोबार रकम पनि बढ्यो
काठमाडौं : मंगलबार सेयर बजारमा सामान्य अंकको सुधार देखिएको छ। अघिल्लो दिन सोमबार नेप्से परिसूचक ९.०२ अंकले घटेकोमा यसदिन ०.७९ अंकले वृद्धि भएको हो।
यसदिन नेप्से वृद्धि भएसँगै कारोबार रकम पनि बढेको छ। ३४० वटा स्क्रिप्सको ९५ लाख ३४ हजार २२१ कित्ता सेयर ४ अर्ब ११ करोड ९ लाख ७४ हजार ६७४ रुपैयाँमा खरिदबिक्री भए। सोमबार ३ अर्ब ६७ करोड बराबरको सेयर कारोबार भएको थियो।
मंगलबार अपर लोहोरे खोला हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुँदा महिला लघुवित्त वित्तीयमा नकारात्मक सर्किट लाग्यो।
कारोबारमा आएकामध्ये १३३ वटा स्टक्सको मूल्य बढ्दा १२२ वटाको घट्यो। २० वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर शीर्षस्थानमा रह्यो। सो हाइड्रोपावरले ४४ करोड मूल्य बराबरको कारवबार गर्यो।
रिडी पावरले ३३ करोडको कारोबार गर्दा नगदी ग्रुपले १७ करोड,खानिखोला हााइड्रोपावरले १३ करोड र फस्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले ११ करोडको कारोबार गरे।
६ समूहको उपसूचक बढ्दा बाँकी अरु समूहको उपसूचक नकारात्मक देखिए। बैंकिङ,होटल्स एण्ड टुरिजम,हाइड्रोपावर,इन्भेस्टमेन्ट बैंक,लाइफ इन्स्योरेन्स र अदर्श समूहको उपसूचकबाहेक बाँकी अरु समूहको उपसूचक नकारात्मक देखिएका हुन्।
प्रतिक्रिया दिनुहोस !