को हुन् मोहम्मद बाकेर खराजी ? जो खामेनीको पनि सुन्दैनन् कुरा

को हुन् मोहम्मद बाकेर खराजी ? जो खामेनीको पनि सुन्दैनन् कुरा
सुन्नुहोस्

इरान : इरानमा सत्ताको वरिपरि सधैँ यस्ता मानिसहरूको उपस्थिति रहँदै आएको छ, जसलाई ‘सत्ताको भित्री घेराका लागि समस्या सिर्जना गर्ने तत्व’ भन्न सकिन्छ । यी मानिसहरू न त कुनै सरकारी पदमा हुन्छन्, न त उनीहरूको कुनै औपचारिक हैसियत नै हुन्छ ।

तर सत्ताको केन्द्रसँग उनीहरूको निकटता यति हुन्छ कि उनीहरूका कुरा पूर्ण रूपमा बेवास्ता गर्न सम्भव हुँदैन । पारिवारिक सम्बन्ध, धार्मिक हैसियत वा कुनै तुलनात्मक रूपमा सानो संगठनसँगको आबद्धताले यस्ता मानिसहरूलाई पर्दा पछाडि हुने निर्णयबारे जानकारी सार्वजनिक गर्ने अवसर दिन्छ । उनीहरूले उच्च सरकारी अधिकारीहरूमाथि आरोप लगाउन वा धम्की दिन सक्छन् । उनीहरूले यस्ता वक्तव्य समेत जारी गर्न सक्छन्, जसप्रति सत्ताका उच्च तहबाट प्रतिक्रिया र खण्डन आउँछ ।

यति हुँदाहुँदै पनि यस्ता मानिसहरू सत्ताको सुरक्षित घेराभित्रै रहन्छन् । केही समयपछि उनीहरू फेरि नयाँ दाबी लिएर सार्वजनिक रूपमा देखा पर्छन् ।

मोहम्मद बाकेर खराजीमा माथि उल्लेख गरिएका धेरै विशेषता छन् । उनी धार्मिक व्यक्तित्व हुन् र कुनै सरकारी पदमा छैनन् । उनी ‘हिज्बुल्लाह इरान’ नामक संगठनका महासचिव हुन् । यद्यपि, इरानी राजनीतिमा यस संगठनको वास्तविक महत्व र हैसियत स्पष्ट छैन । त्यस बाहेक, उनको सम्बन्ध यस्तो परिवारसँग छ, जसको सम्बन्ध धार्मिक मदरसा, कूटनीतिक क्षेत्र र खामेनी परिवारसँग जोडिएको छ ।

लामा–लामा दाबी
मोहम्मद बाकेर खराजी यही पृष्ठभूमि र हैसियतका आधारमा यस्ता ‘गोप्य कुरा’ सार्वजनिक गर्छन्, जसबारे बोल्दा इरान जस्तो देशमा अन्य व्यक्तिले गम्भीर परिणाम भोग्नुपर्ने हुन सक्छ । हालै उनले दाबी गरेका थिए कि इरानी राष्ट्रपति मसुद पेजेश्कियानले २७ वा २८ पटक राजीनामा दिइसकेका छन् वा राजीनामा दिने धम्की दिएका छन् । उनका अनुसार सर्वोच्च नेता मोजतबा खामेनीले मसुद पेजेश्कियानको यस्तो व्यवहारबारे लिखित जवाफ दिएका थिए । उनले फेरि राजीनामा दिएमा त्यसलाई स्वीकार गर्ने अर्थात् इरानी राष्ट्रपतिको राजीनामा स्वीकृत गर्ने बताएका थिए ।

मोहम्मद बाकेर खराजीले मोहम्मद बाकेर जुल्कदरलाई सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को सचिव पदबाट हटाएर उनको स्थानमा मोहसिन रेजाईलाई नियुक्त गर्न लागिएको दाबी पनि गरेका थिए । उनको यो दाबी सही साबित भएको छ र मोजतबा खामेनीले हालै मोहसिन रेजाईको नियुक्तिलाई स्वीकृति दिएका छन् ।

खराजीले अगाडि भनेका थिए कि विदेशमन्त्री अब्बास अराघ्चीलाई अब वार्तामा हस्तक्षेप गर्न अनुमति नदिइने जानकारी दिइएको छ । इरानी राष्ट्रपतिको कार्यालयले मसुद पेजेश्कियानको राजीनामासम्बन्धी खराजीका भनाइलाई ‘पूर्ण रूपमा झुटो र बकवास’ भनेको छ । त्यस्तै, इरानका सर्वोच्च नेताको कार्यालयले पनि मोजतबा खामेनीसँग सम्बन्धित खराजीको भनाइको खण्डन गरेको छ ।

खराजीका बयान र त्यसपछि आउने खण्डन कुनै नयाँ घटना भने होइनन् । बरु यो लामो समयदेखि चलिआएको शृंखलाको अर्को कडी हो । यस लामो शृंखलामा इरानबाट अलग भएका क्षेत्रहरू फिर्ता लिने वाचा, एक हजार तोमान बराबर एक अमेरिकी डलर हुने दाबी, सरकारलाई ‘ध्वस्त’ पार्ने धम्की, आणविक बम बनाउने सुझाव र यहाँसम्म कि अमेरिकाको तटमा सुनामी सिर्जना गर्न आणविक हतियार प्रयोग गर्ने जस्ता बयान समेत समावेश छन् ।

को हुन् मोहम्मद बाकेर खराजी हुन् ?
मोहम्मद बाकेर खराजीको जन्म २१ जुलाई १९६१ मा इरानको एक धार्मिक परिवारमा भएको थियो । इरानको सरकारी समाचार संस्था इरनाका अनुसार उनको जन्म तेहरानमा भएको थियो । तर उनको हुर्काइ कुममा भयो । उनका पिता मोहसिन खराजी कुमको हौजा–ए–इल्मियाका वरिष्ठ शिक्षकहरूमध्ये एक थिए । उनी मजलिस–ए–खबरेगान–ए–रहबरीको दोस्रोदेखि चौथो कार्यकालसम्म तेहरानका प्रतिनिधि पनि थिए ।

मोहम्मद बाकेर खराजीको युवावस्था, शिक्षा र अन्य गतिविधिबारे अधिकांश जानकारी दुई आपसमा जोडिएका स्रोतबाट प्राप्त हुन्छ । पहिलो, उनको निजी वेबसाइटमा उनका एक शिष्यले लेखेको जीवनी हो । दोस्रो, मार्च २०२३ मा इरनाले प्रकाशित गरेको परिचयात्मक प्रोफाइल हो । उक्त प्रोफाइल मजलिस–ए–खबरेगानको चुनावमा उनको उम्मेदवारीका बेला प्रकाशित गरिएको थियो ।

उनको आधिकारिक वेबसाइटमा प्रकाशित जीवनी अनुसार मोहम्मद बाकेर खराजी कम उमेरदेखि नै इरानका शाहविरुद्धका गतिविधिमा संलग्न थिए। इरनाले २०२३ मा मजलिस–ए–खबरेगानको चुनावमा उनको उम्मेदवारीका बेला प्रकाशित गरेको विवरणमा उनले आफ्ना भाइ मोहम्मद सादिक खराजीसँगै इस्लामिक क्रान्तिअघि भएका प्रदर्शनमा भाग लिएको उल्लेख गरेको थियो । कम उमेरमै यही क्रममा उनी पक्राउ समेत परेका थिए ।

उक्त रिपोर्टमा त्यही समयमा उनले कुम सहरको जमकरानका पहाडी क्षेत्रमा ‘हिज्बुल्लाहको पहिलो प्रतिरोधी सेल’ गठन गरेको दाबी पनि गरिएको थियो । उनले हिज्बुल्लाहसँग सम्बन्धित मानिसहरूलाई प्रशिक्षणसमेत दिएको बताइएको थियो । इरानमा इस्लामिक क्रान्तिपछि मोहम्मद बाकेर खराजीले आफ्नो विद्यालय शिक्षा पूरा गरे र कुमको हौजा–ए–इल्मियामा भर्ना भए ।

उनको जीवनीअनुसार उनले आफ्ना पिता तथा हौजाका अन्य शिक्षकबाट इस्लामी कानुन (फिक्ह) र त्यसका सिद्धान्तको अध्ययन गरे ।
मोहम्मद बाकेर खराजीको नाम सन् १९९० को दशकको सुरुदेखि ‘हिज्बुल्लाह इरान’ र यही नामको एउटा अखबारसँग जोडिँदै आएको छ । यो संगठन चर्चित समूह ‘अन्सार हिज्बुल्लाह’ भन्दा फरक हो । मोहम्मद बाकेर खराजीलाई यस संगठनको महासचिव तथा यसको अखबारको सम्पादकका रूपमा चिनिन्छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.