सरकार सकारात्मक दिशातर्फ अघि बढेको छ : कविन्द्र बुर्लाकोटी

सरकार सकारात्मक दिशातर्फ अघि बढेको छ : कविन्द्र बुर्लाकोटी
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले चार महिनाको अवधिमा सरकार सकारात्मक दिशातर्फ अघि बढेको बताएका छन् ।  

मंगलबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै बुर्लाकोटीले बर्खाको चार महिनाको अवधिमा सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्ने, उद्योग सञ्चालनका लागि वातावरण बनाउने र बन्द उद्योगहरू पुनः सञ्चालन गर्ने प्रयास गरिरहेको भन्दै सरकार सकारात्मक दिशातर्फ अघि बढेको बताएका हुन् । १०० दिनभित्र सरकारले सुरु गरेको कामहरु कार्यान्वयनतर्फ अघि बढेको उनले बताए ।

त्यस्तै बुर्लाकोटीले बिभिन्न घटनाका छानविन प्रतिवेदनहरु सरकारले सार्वजनिक गर्ने उल्लेख गरे । उनले अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा पार्टीले आफूलाई आयोजक समितिको संयोजक तोकेको भन्दै सोही अनुसार कार्यक्रमको तयारी भइरहेको जानकारी दिए । रास्वपाले यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवस ७ वटै प्रदेशका करिब ५० वटा जिल्ला र विभिन्न पालिकाहरूमा मनाउने उनले बताए ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.