‘अनलाइन ट्रयाकिङ’ बाट ग्यास आपूर्ति र वितरण सहज बनाइने छ : मन्त्री गौरीकुमारी


काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी बनाइने बताएकी छिन् । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम  तथा  उपभोक्ताहित संरक्षण समिति बैठकमा अनलाइन ट्रयाकिङ प्रणालीमार्फत ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी बनाइने बताएकी हुन् ।

उनले गुगल फर्मको प्रयोग गरी उद्योगहरूबाट सिलिन्डर बिक्री गरिएका डिपो र खुद्रा विक्रेताहरूको अवस्था तथा विवरण संकलन गरी मन्त्रालयको वेबसाइटमा राख्न सुरु गरिएको जानकारी दिइन् । एउटा–दुईटा सिलिन्डर चाहिने, सुत्केरी महिला वा पहुँच नभएका सामान्य नागरिकलाई सहज रूपमा ग्यास सिलिन्डर उपलब्ध गराउन विभिन्न ठाउँबाट वितरणको व्यवस्था मिलाइएको उनले बताइन् । 

उनले आफूले ग्यास बितरण कार्यको अनुगमन गरेको, सर्वसाधारणको फोन उठाएर समस्या सुनेको र आफ्नै नम्बर दिएर नागरिकका समस्या समाधानमा निरन्तर खटिरहेको बताइन् । साथै उनले सिंहदरबार बाहिर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको आउटलेट साउन २८ गतेदेखि सञ्चालनमा आउन लागेकाले त्यहाँ उपलब्ध खाद्य वस्तुहरूको प्रयोग गर्न आग्रह गरिन् । 

बैठकमा नेपाल आयल निगमका प्रबन्ध निर्देशन नागेन्द्र साहले एक सातभित्रै ग्यासको सहज आपूर्ति हुने दाबी गरिन् । उनले सिलिन्डरहरू फरक–फरक ब्राण्डका भएकाले साटासाट र व्यवस्थापनमा समस्या परेको हुँदा दीर्घकालीन समाधानका लागि ब्राण्ड तथा कम्पनीहरू मर्जरमा जानुपर्ने धारणा राखिन् । सामान्यतया महिनामा ३२ देखि ३३ लाख सिलिन्डर खपत हुने गरेकोमा यस पटक २६ गतेसम्म नै ३४ लाख सिलिन्डर आयात गरी बजारमा पठाइसकिएको उनले जानकारी दिइन् । 

साहले बजारमा आपूर्ति सहज बनाउन निरन्तर प्रयास भइरहेको र असहाय, वृद्ध, तथा सुत्केरी जस्ता अति आवश्यक परेका उपभोक्ताहरूलाई घरमै ग्यास पुर्‍याउनेसम्मको सहजीकरण गरिएको बताइन् । बैठकमा समिति सदस्यहरुले बितरण प्रणाली कमजोर हुँदा ग्यासको अभाव देखिएको भन्दै समाधानका लागि तत्परता देखाउन सुझाव दिएका थिए ।

बैठकले नजिकै नजिकिँदै गरेको चाडपर्व समेतलाई लक्षित गर्दै अत्यावश्यक दैनिक खाद्य वस्तुहरू चिनी, चामल, तेल, तरकारी, मसला आदिको सहज एवं सुलभ आपूर्तिको व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ । त्यस्तै ग्यासमा देखिएको समस्या समाधान गर्न समेत समितिले निगमको ध्यानाकर्षण गराएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.