नाइमा एक्स्पोको दोस्रो दिन :  बाइक र साना सवारीमा आकर्षण

दुई दिनमै ५५ हजारले गरे भ्रमण

नाइमा एक्स्पोको दोस्रो दिन :  बाइक र साना सवारीमा आकर्षण

काठमाडौं : काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को दोस्रो दिन बाइक तथा गाडीमा आकर्षण देखिएको छ। 
मंगलबारदेखि सुरु भएको एक्स्पोको पहिलो दिन २९ हजारभन्दा बढीले अवलोकन गरेका थिए भने दोस्रो दिन २६ हजारभन्दा बढीले मेला अवलोकन गरेको आयोजकले जनाएको छ।

नयाँ प्रविधि, आकर्षक डिजाइन र विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणसँगै एक्स्पोमा राखिएका विभिन्न ब्रान्डका सवारीसाधनबारे अवलोकनकर्ताले चासो देखाएका छन्।null

एक्सपोका निर्देशक राजकुमार दुलालले नयाँ ग्राहकको उत्साहजनक उपस्थिति रहेको बताए। सबैतिर दुईपांग्रे, साना सवारीलगायत सबै स्टलमा अवलोकनकर्ताको भिडभाड नै भिडभाड थियो। नाइमा मोबिलिटी एक्स्पोको पहिलो दिन विभिन्न ब्रान्डले ४८ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरिएको थियो। आयोजकले एक्स्पो अवधिभर करिब डेढ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरेको छ।

एक्स्पोमा नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि नयाँ मोडलका विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन प्रदर्शनीमा राखिएका छन्। विद्युतीय तथा प्रविधिमैत्री सवारीसाधनलाई मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिएको आयोजकले जनाएको छ।
मेलामा ठूलो संख्यामा अवलोकनकर्ताले फरकफरक ब्रान्डका गाडी चढेर सुविधाका बारेमा बुझिरहेकाहरू थिए। अवलोकनकर्ताहरूले खासगरी ब्याट्री क्षमता, मोटर, रेन्ज, आफ्टर सेल्स सर्भिसलगायत विषयमा चासो राखेका छन्।
कम्पनीहरूले पनि ग्राहक आकर्षित गर्न विभिन्न सुविधा उपलब्ध गराएका छन्। उनीहरूले मूल्यमा छुट, एक वर्षको बिमा, एक वर्षको सवारी कर, फ्रि सर्भिसिङ, न्यून ब्याजदरमा कर्जाजस्ता सुविधा दिएका छन्।

एक्स्पोमा विद्युतीय कार, एसयूभी तथा अन्य सवारीसाधन प्रदर्शनमा राखिएका छन्। त्यसमध्ये एसपीजी अटोमोबाइल्सले ओमोडा र जेको ब्रान्डअन्तर्गतका विद्युतीय सवारीसाधन प्रदर्शनमा राखेको छ। सवारी खरिदलाई सहज बनाउन एक्स्पोमा सहभागी बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूले विशेष अफर तथा सहुलियत कर्जाको व्यवस्था गरेका छन्।
आयोजकका अनुसार एक्स्पोले विद्युतीय तथा वातावरणमैत्री सवारीसाधनको प्रवर्धनसँगै यातायात क्षेत्रमा नयाँ प्रविधि, लगानी र नीतिगत बहसलाई समेत प्राथमिकता दिएको छ।null

नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पोको दोस्रो संस्करण साउन ३१ गतेसम्म सञ्चालन हुनेछ। एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता रहेको छ।

२० लाख सवारीको ट्राफिक व्यवस्थापन हातको इशारा र सिठ्ठीका भरमा

काठमाडौं उपत्यकामा २० लाखभन्दा बढी सवारीसाधन सञ्चालनमा रहे पनि ट्राफिक व्यवस्थापन अझै हातको इशारा र सिठ्ठीका भरमा भइरहेको ट्राफिक प्रहरी प्रमुख एसएसपी सुरेशप्रसाद काफ्लेले बताएका छन्।

नाइमा मोबिलिटी एक्स्पोअन्तर्गत बुधबार आयोजित ‘मोबिलिटी  :  हिजो, आज र भोलि’ संवादमा काफ्लेले बढ्दो सवारी चापअनुसार ट्राफिक प्रहरीसँग आवश्यक स्रोतसाधन र कानुनी अधिकार पर्याप्त नभएको बताए।null

उनले सडक दुर्घटनामा दैनिक औसत ७ जनाको मृत्यु हुने र ५० जनाभन्दा बढी अंगभंग हुने गरेको उल्लेख गर्दै गति सीमा, लेन अनुशासन तथा मादक पदार्थ र लागुऔषध सेवनविरुद्ध कडाइ आवश्यक रहेको बताए। उनले ट्राफिक नियम पालना प्रहरीको उपस्थितिमा मात्र नभई नागरिकको संस्कार बन्नुपर्नेमा जोड दिए। 

त्यसैगरी, प्रतिनिधिसभा सदस्य एवं पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले भने पाँच वर्षभित्र यातायात क्षेत्र पूर्ण प्रविधिमैत्री बनाउने सरकारको तयारी रहेको बताए। आगामी पाँच वर्षभित्रमा यातायात क्षेत्रलाई पूर्णरूपमा प्रविधिमैत्री बनाउने सरकारको तयारी रहेको बताए। नाइमा नेपाल मोबिलिटी एक्स्पोका अवसरमा आयोजित ‘मोबिलिटी  :  हिजो, आज र भोलि’ विषयक ‘नाइमा मोबिलिटी संवाद’ मा उनले सडकमा ट्राफिक प्रहरीको प्रत्यक्ष उपस्थितिमा निर्भर हुनुपर्ने अवस्थाको अन्त्य गर्दै प्रविधिमार्फत यातायात व्यवस्थापन गर्ने तयारी भइरहेको जानकारी दिए। 

पूर्वाधार विकास मन्त्रालयका विज्ञ सल्लाहकार अनुकूल निधिले सार्वजनिक यातायात सुधार सरकारको प्राथमिकतामा रहेको बताएका छन्। नाइमा मोबिलिटी संवादमा उनले २५ वर्षपछि जारी राष्ट्रिय यातायात नीति २०८३ मा सार्वजनिक यातायात सुधारका विषय समेटिएको बताए। 

प्रविधि, सडक सुरक्षा र व्यवस्थापनमा जोड दिँदै राइड सेयरिङलाई व्यवस्थित गर्न आवश्यक मापदण्ड ल्याइने उनको भनाइ छ। संवादमा प्रतिनिधिसभा सदस्य एवं पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी सुरेशप्रसाद काफ्ले, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौला, पूर्वाधार विकास मन्त्रालयका विज्ञ सल्लाहकार एवं ट्राफिक तथा यातायात इन्जिनियर अनुकूल निधि र नाडा अटोमोबाइल एसोसिएसनका पूर्वअध्यक्ष ध्रुवबहादुर थापा सहभागी थिए। संवादको सहजीकरण पत्रकार टीकाराम यात्रीले गरेका छन्।null

नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको एक्स्पोमा साउन ३१ सम्म हरेक दिन विभिन्न विषयमा संवाद हुनेछ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.