नेपाली महिलालाई नागोया म्याराथनमा अवसर

नेपाली महिलालाई नागोया म्याराथनमा अवसर
सुन्नुहोस्

काठमाडौं : विश्वकै सबैभन्दा ठूलो महिला मात्र सहभागी हुने ‘नागोया वुमेन्स म्याराथन २०२७’ मा नेपाली महिला धाविकाले पनि सहभागिता जनाउन पाउने भएका छन्। अन्तर्राष्ट्रिय सहभागिताका लागि मंगलबारदेखि आवेदन खुला भएको छ ।

गिनिज वल्र्ड रेकर्डस्बाट विश्वकै ठूलो ‘अल–वुमन म्याराथन’का रूपमा प्रमाणित नागोया म्याराथन आगामी मार्च १४, २०२७ मा  जापानको आइची प्रान्तस्थित नागोयामा आयोजना हुँदैछ। विश्व एथलेटिक्सको ‘प्लाटिनम लेबल रोड रेस’समेत रहेको प्रतियोगितामा विश्वस्तरीय धाविकासँगै पहिलोपटक म्याराथन दौडनेदेखि व्यक्तिगत उत्कृष्ट समयको लक्ष्य राख्ने धाविकासम्मले सहभागिता जनाउनेछन्।

आयोजकले सन् २०२७ का लागि प्रतियोगिताको क्षमता २ हजारले बढाएर २२ हजार धाविका पुर्‍याएको छ। ४२.१९५ किलोमिटरको एउटै दूरीमा १९ वर्षदेखि ८० वर्ष उमेर समूहसम्मका महिलाले आफ्नै लक्ष्यसहित दौडनेछन्।नागोया म्याराथनको विशेष आकर्षणमध्ये हरेक ‘फिनिसर’ले पाउने विशेष पुरस्कार पनि हो।

दौड पूरा गर्ने प्रत्येक धाविकालाई फ्रान्सेली लक्जरी ब्रान्ड बाकारातले तयार पारेको विशेष क्रिस्टल टम्बलर प्रदान गरिन्छ।सन् २०२७ को टम्बलरको डिजाइन भने दौडको अघिल्लो दिन आयोजना हुने म्याराथन एक्स्पोमा सार्वजनिक गरिनेछ।

प्रतियोगिताले महिला धाविकालाई सुरक्षित र सहज वातावरण उपलब्ध गराउने उद्देश्यले पर्याप्त चिकित्सकीय सहायता, ठूलो संख्यामा सफा शौचालय र फराकिलो चेन्जिङ सुविधाको व्यवस्था गर्दै आएको छ।७ घण्टाको समयसीमा, तुलनात्मक रूपमा समथर दौडमार्ग तथा एउटै स्थानबाट सुरु र समाप्त हुने व्यवस्थाले नयाँ धाविकालाई समेत सहज बनाउने आयोजकको भनाइ छ।

दौडको सुरुवात र समापन भेन्टेलिन डोम नागोयामा हुनेछ।यो ढाकिएको बेसबल रंगशाला भएकाले मौसम प्रतिकूल भए पनि धाविकालाई केही हदसम्म सुरक्षित वातावरण उपलब्ध हुन्छ।सन् २०२६ को संस्करणमा ९६.६ प्रतिशत सहभागीले दौड पूरा गरेका थिए।

म्याराथन सप्ताहन्तमा धाविकासँगै परिवार तथा समर्थकका लागि पनि विभिन्न कार्यक्रम आयोजना हुनेछन्। शुक्रबारदेखि सुरु हुने म्याराथन एक्स्पोमा ‘गो रनवे’ फेसन शो तथा लोकप्रिय गायक–गायिकाको विशेष प्रस्तुति लगायतका कार्यक्रम हुनेछन्।

महिलाका लागि मुख्य म्याराथन आयोजना भइरहँदा पुरुष धावकलाई पनि सोही दिन हुने नागोया सिटी म्याराथनमा सहभागी हुने अवसर पनि छ।पुरुषसहित अन्य इच्छुक धावकले हाफ म्याराथन वा ८.५ किलोमिटरको नागोया रनमा भाग लिन सक्नेछन्।

नागोया वुमेन्स म्याराथन २०२७ को अन्तर्राष्ट्रिय प्रवेशका लागि प्रारम्भिक आवेदन अगस्ट ११ देखि २४, २०२६ सम्म खुला रहनेछ।प्रारम्भिक प्रवेश शुल्क २४ हजार जापानी येन तोकिएको छ। यसैगरी नागोया सिटी म्याराथनका लागि अन्तर्राष्ट्रिय आवेदन पनि अगस्ट ११ देखि सेप्टेम्बर २३ सम्म खुला रहनेछ।हाफ म्याराथनको शुल्क १७ हजार येन र ८.५ किलोमिटरको नागोया रनको शुल्क १३ हजार येन तोकिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.