सवारी साधनमा ५ वर्षमा बाहिरियो ४७० अर्ब

सवारी साधनमा ५ वर्षमा बाहिरियो ४७० अर्ब
फाइल तस्बिर।

काठमाडौं  : नेपालमा २०२१ देखि २०२६ सम्ममा ४ सय ७० अर्ब ५० करोड रुपियाँ बराबरको सवारी साधन र पार्टपुर्जा आयात भएको छ। व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार उक्त मूल्य बराबरका मोटरसाइकल, कार, जिप, बस, ट्रकदेखि टायर, इन्जिन, ब्याट्री र अन्य पार्टपुर्जा आयात भएका हुन्। जसमा साना सवारी साधको संख्या उल्लेख्य रहेको पाइएको छ। जसमा कुन ५ वर्षको आयातको ५८ प्रतिशतभन्दा बढी मोटर कार र मोटरसाइकलले ओगटेको पाइएको छ।

पूर्वाधार विकास समितिका सभापति तथा सांसद आशिष गजुरेलले यसरी सवारी आयात हुँदा ट्राफिक जाम बढाउने, सडक अस्तव्यस्त हुने हुँदा सार्वजनिक ठूला सवारी भित्र्याउनु पक्षमा लाग्नुपर्ने बताए। उनले भने, ‘सार्वजनिक सवारीसाधन र फुटपाथ तथा साइकल लेनलाई प्राथमिकता ल्याउने सरकारको नीति रहेको छ, हामीले पनि त्यसैअनुसार नीति बनाउने योजनामा छौं।’

साना सवारीसाधनको प्रयोगले सडक जाम बढ्नु, वायु प्रदूषण हुन्, कार्बन उत्सर्जन र जलवायु प्रभाव पर्नु, सडक दुर्घटनाको जोखिम बढाउनु, सहरी क्षेत्रमा पार्किङको समस्या सिर्जना हुने विज्ञहरूले बताएका छन्। यस्तै, सार्वजनिक यातायात कमजोर हुँदा दीर्घकालमा व्यवस्थित सार्वजनिक यातायात विकासमा चुनौती थप्ने पाइएको छ। यसले इन्धन आयात बढ्नु, सडक विस्तार, मर्मत, पार्किङ तथा ट्राफिक व्यवस्थापनमा सरकारको खर्च र दबाब बढ्ने पाइएको छ। यस्तै, हर्न, इन्जिन र परिमार्जित साइलेन्सरका कारण विशेषगरी घना सहरी क्षेत्रमा ध्वनि प्रदूषण बढ्न सक्छ देखिएको छ।

अहिले उपत्यका लगायत ठाउँमा सडक र सार्वजनिक ठाउँको ठूलो हिस्सा पार्किङ तथा सवारी आवागमनमा प्रयोग हुँदा पैदलयात्री, साइकल र सार्वजनिक गतिविधिका लागि उपलब्ध स्थान घट्दा पैदल यात्री समस्यामा पर्ने गरेका छन्।

२०२५/२६ मात्र १ सय २४ अर्ब २३ करोड रुपैयाँ बाहिरियो
२०२५/२६ मा मोटर कारमा मात्र ३६ करोड ४५ लाख रुपियाँ बाहिरिएको छ भने मोटरसाइकलमा ३६ करोड ७ लाख रुपियाँ बाहिरिएको छ। मालवाहक सवारीमा ११ करोड १ लाख रुपियाँ, बसमा ९ करोड ८१ लाख रुपैयाँ,पाट्र्ट तथा सवारी साधनका बडी ७ करोड ८४ लाख रुपैयाँ बाहिरिएको छ। यस्तै ट्र्याक्टर ट्रेलरमा ६ करोड ६६ लाख, मोटरसाइकल तथा क्यारेजका पाट्र्समा ४ करोड ८८ लाख रुपैयाँ बाहिरिएको छ।

सवारीसाधनधको च्याचिसमा ३ करोड १९ लाख, अन्य सवारी (लरी, फायर फाइटर आदि)मा २ करोड ५५ लाख, साइकल २ करोड ५५ लाख, तीनपांग्र्रे सवारी १ करोड ५ लाख, जिप, कार, भ्यानमा २९ लाख, अन्य क्यारेजमा १६ लाख बाहिरिएको छ। विशेष डिजाइनका सवारीमा १ लाख र ट्रेलरमा २ करोड १८ लाख गरी १ सय २४ अर्ब २३ करोड रुपैयाँ बाहिरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.