आफ्ना तीन पाइलटलाई कतारले बन्धक बनाएको इरानको दाबी

आफ्ना तीन पाइलटलाई कतारले बन्धक बनाएको इरानको दाबी
सुन्नुहोस्

काठमाडौं : इरानले आफ्ना तीन जना पाइलट कतारको नियन्त्रणमा रहेको दाबी गरेको छ। इरानको सशस्त्र बलको 'जनरल स्टाफ' अन्तर्गत रहेको बेपत्ता खोजतलास समितिका प्रमुखले ती पाइलटहरूको वास्तविक स्थिति सार्वजनिक गर्न र खोजी कार्यमा सहयोग पुर्‍याउन अन्तर्राष्ट्रिय रेडक्रस समिति सँग आग्रह गरेका छन्।

इरानी सञ्चारमाध्यमका अनुसार ब्रिगेडियर जनरल मोहम्मद बाकरजादेहले आईसीआरसीका अध्यक्ष मारियाना स्पोल्यारिकलाई पत्र लेख्दै गत २ मार्च २०२६ मा दुईवटा 'सुखोई-२४' युद्धक विमान कतारस्थित 'शत्रु सैन्य बेस' लाई लक्षित गरी पठाइएको उल्लेख गरेका छन्। तोकिएको मिसन पूरा गरी फर्कने क्रममा शत्रु पक्षको कारबाहीका कारण चार जना इरानी पाइलट प्रभावित भएको उनको भनाइ छ।

प्रभावित चार पाइलटमध्ये माजिद काजेमीको शव इरान ल्याएर गत २९ अगस्टमा शिराज शहरमा अन्त्येष्टि गरिसकिएको छ। बाँकी तीन पाइलटहरू—जवाद सालेही, अब्दुलमजिद दश्तियान र इमरान बहरूशियानलाई कतारी सेनाले जीवितै नियन्त्रणमा लिएको दाबी बाकरजादेहले गरेका छन्।

तर कतारको परराष्ट्र मन्त्रालयका प्रवक्ता माजिद अल-अन्सारीले इरानको उक्त दाबीलाई झुटो भनेका छन् ।  लामो समयदेखी मध्यपूर्णमा चलिरहेको तनाव कम गर्न कूटनीतिक प्रयास भइरहेका बेला यस्ता 'भ्रामक अभिव्यक्ति' आउनु आश्चर्यजनक रहेको उनको भनाइ छ  । 

सामाजिक सञ्जाल 'एक्स' (ट्विटर) मार्फत जारी बयानमा प्रवक्ता अन्सारीले गत मार्चमा कतारको हवाई क्षेत्र उल्लङ्घन भएपछि इरानी पाइलटहरूसँग सम्पर्क स्थापित गर्ने र उडान मार्ग पुष्टि गर्ने प्रयास गरिएको स्पष्ट पारेका छन्। तर, पाइलटहरूबाट कुनै प्रतिक्रिया नआएपछि अन्तर्राष्ट्रिय कानुन र स्थापित सैन्य नियमानुसार प्रतिरक्षात्मक कारबाही गरिएको उनले जनाए।

कतारी खोज तथा उद्धार टोलीले पाइलटहरूको खोजी अभियान सञ्चालन गरेको र त्यसक्रममा एक जना पाइलटको शव बरामद गरी इरानलाई हस्तान्तरण गर्न दोहास्थित सरकारले तेहरानसँग सम्पर्क गरेको जानकारी पनि प्रवक्ता अन्सारीले दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.