पटक पटक यौन दुर्व्यवहारमा मुछिएका प्रिन्सिपल पक्राउ

पटक पटक यौन दुर्व्यवहारमा मुछिएका प्रिन्सिपल पक्राउ
सुन्नुहोस्

परासी : पटक पटक यौन दुर्व्यवहारका घटनामा मुछिँदै आएका नवलपरासीका एक निजी विद्यालयका प्रिन्सिपल  पक्राउ परेका छन्। नवलपरासी सुस्ता गाउँपालिका–१ सिङ्हास्थित न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालकसमेत रहेका ४६ वर्षीय भरत न्यौपानेलाई पीडितले जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको हो। 

आफ्नै विद्यालयमा पढ्ने एक १५ वर्षीया छात्रालाई पटक पटक अश्लील म्यासेज पठाएर मानसिक तनाव दिएको उनीमाथि आरोप छ। उनीमाथि बाल यौन दुर्व्यवहारसम्बन्धी जाहेरी परेपछि पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी मदन थापाले जानकारी दिए।

न्यौपानेले छात्रालाई झन्डै ५/६ महिनादेखि म्यासेज पठाउने गरेका थिए। यौन प्रस्तावसमेत राख्न थालेपछि छात्राले साथी र अभिभावकलाई बताएपश्चात उनीविरुद्ध इलाका प्रहरी कार्यालय बेलाटारीमा जाहेरी परेको हो। उनलाई अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ। 

यसअघि पनि न्यौपानेले सोही विद्यालयकी अर्की छात्रालाई सोही व्यवहार गरेको आरोप लागेको छ। विद्यालय बाहिर पनि उनले यस्तै व्यहार गरेको र ५/६ पटकसम्म यस्ता घटना भएको उनका एक शिक्षक साथीले बताएका छन्। ‘ एक पटक ठूलै बबाल भयो साथी भनेर एक पटकलाई पीडितसँग बसेर मिलायौं। पटक पटक गरेपछि अब को जान्छ ? ’ उनले भने। 

यसैबीच उनले पटक पटक यस्तै व्यवहार गरेको भन्ने सुन्नमा आएको डिएसपी थापाले बताए। ‘बाहिर त्यस्तै सुनिएको छ। प्रहरी कहाँ उजुरी आएको अवस्थामा कानुनी प्रक्रिया अघि बढ्ने भएपनि बाहिरै मिलाएका घटनाबारे हामीलाई थाहा हुने कुरा भएन’ थापाले भने। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.