अचानक आएको बाढीमा भारतीय सेनाका ५ जवान बेपत्ता, ४ मजदुरको मृत्यु

अचानक आएको बाढीमा भारतीय सेनाका ५ जवान बेपत्ता, ४ मजदुरको मृत्यु

काठमाडौं : अरुणाचल प्रदेशको दिबाङ भ्याली जिल्लास्थित पासु पानी क्षेत्रमा आएको आकस्मिक बाढीमा परी भारतीय सेनाका पाँच जना जवान बेपत्ता भएका छन्, भने चार जना मजदुरको मृत्यु भएको छ। 

शुक्रबार बेलुकी करिब ४:३० बजे अचानक आएको लेदोसहितको बाढीले भारतीय सेनाको एक सैन्य शिविरका दुईवटा आश्रयस्थल बगाएको थियो। बाढीमा परी सेनाका कुल सात जवान बगेकोमा दुई जनालाई सकुशल उद्धार गरिएको छ । बेपत्ता पाँचै जना जवान भारतीय सेनाको ५ औँ ग्रेनेडियर्स बटालियनका हुन्। बेपत्ता हुनेहरूमा उपेन्द्र, कुन्दन, विनोद, आदित्य र समुन्डा रहेको खुलेको छ।

दिबाङ भ्यालीकी अतिरिक्त जिल्ला उपायुक्त ज्याली उम्पोले बाढीमा मानिसहरू बेपत्ता भएको पुष्टि गर्दै बाढी आउनुको मुख्य कारण बादल फुट्नु रहेको बताएकी छन्।

बेपत्ता जवानहरूको खोजी कार्य जारी रहेको छ। अन्तर्राष्ट्रिय सीमा नजिकै घटेको उक्त घटनापछि बेपत्ताको खोजीका लागि भारतीय सेना, राष्ट्रिय आपतकालीन प्रतिक्रिया बल, राज्य आपतकालीन प्रतिक्रिया बल  र जिल्ला प्रशासनको संयुक्त टोली  परिचालन गरिएको छ। उम्पाेका अनुसार अविरल वर्षापछि एउटा ठूलो खोलामा अचानक बाढी आएको र त्यसले आसपासको दिबाङ भ्याली क्षेत्र डुबानमा परेकाे छ  । 

यसैबीच, अरुणाचलकै अपर सुबनसिरी जिल्स्थित केओजारिङ-ब्याचिङ सडक निर्माण स्थलमा गएको पहिरोमा पुरिएर चार जना मजदुरको पनि मृत्यु भएको छ। मृत्यु हुनेहरूमा ताडु बाकी, ताजी राय, मार्कोस बसुमतारी र बाबुल अली रहेका छन्। लगातारको भारी वर्षाका कारण क्षेत्रका धेरै भाग जलमग्न हुनुका साथै यातायात र उद्धार कार्यसमेत प्रभावित बनेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.