वीरगन्जमा ब्राउन सुगरसहित २ युवक पक्राउ

वीरगन्जमा ब्राउन सुगरसहित २ युवक पक्राउ
सुन्नुहोस्

वीरगन्ज : पर्साको वीरगन्जबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित 2 युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा पर्साकै पकाहा मैनपुर गाउँपालिका-४ का २४ वर्षीय सम्साद देवान र बिन्दवासनी गाउँपालिका- ५ का २२ वर्षीय सनप्राज शेख रहेका छन्।

आइतबार भारतको रक्सौलबाट वीरगन्ज आउँदै गरेको नम्बर प्लेटमा अनटेष्ट लेखिएको मोटरसाइकललाई लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगन्जबाट खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका-१५ स्थित सडकमा रोकेर चेकजाँच गरेको थियो। त्यसक्रममा उक्त मोटरसाइकलमा सवार ती दुवै जनाको साथबाट लागूऔषध ब्राउन सुगर ५०.७ ग्राम बरामद भएको प्रहरीले जनाएको छ। 

ब्राउन सुगर र उक्त मोटरसाइकलसहित नियन्त्रणमा लिइएका ती दुवै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.