देउवाको हिन्दू धर्मसम्बन्धी अभिव्यक्तिले नयाँ आशा जगाएको छ : खुश्बु ओली

देउवाको हिन्दू धर्मसम्बन्धी अभिव्यक्तिले नयाँ आशा जगाएको छ : खुश्बु ओली
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको सांसद खुश्बु ओलीले नेपाली कांग्रेसका शीर्ष नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू हिन्दू धर्मावलम्बी भएको र सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा स्वीकार गर्ने विषयमा दिएको अभिव्यक्तिले गम्भीर राजनीतिक अर्थ बोकेको बताएकी छन्।

देउवाले उक्त अभिव्यक्ति दिएलगत्तै सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै ओलीले देउवाको अभिव्यक्तिले नेपालका हिन्दू तथा समग्र सनातन धर्मावलम्बी समुदायमा नयाँ आशा र विश्वास जगाएको उल्लेख गरेकी हुन्।

नेपालको मौलिक सभ्यता,संस्कृति,परम्परा र सनातन पहिचानलाई सम्मान गर्ने आवाज जहाँबाट आए पनि त्यसको स्वागत हुनुपर्ने उनको भनाइ छ। नेपाललाई स्पष्ट जनभावना र राष्ट्रिय बहसविना धर्मनिरपेक्ष बनाइएको विषयमा आज पनि गम्भीर प्रश्न उठिरहेको ओलीले उल्लेख गरेकी छन्। 

अब देशको पहिचान,जनभावना र ऐतिहासिक निरन्तरतामाथि खुलेर राष्ट्रिय बहस गर्ने समय आएको उनको जिकिर छ। देउवाको अभिव्यक्ति व्यक्तिगत आस्थामा मात्र सीमित नभई नेपालको मौलिक पहिचान र सनातन सभ्यताको सम्मानतर्फ राष्ट्रिय राजनीतिको 'कोर्स करेक्सन'को बाटो खोल्नुपर्नेमा उनले जोड दिएकी छन्।

'आस्था व्यक्तिगत हुन सक्छ,तर राष्ट्रिय पहिचान साझा हुनुपर्छ,'ओलीले भनेकी छन्। नेपालको सनातन पहिचानमाथि अब इमानदार राष्ट्रिय बहस हुनुपर्ने उनको धारणा छ।

आइतबार कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेलाको समापन कार्यक्रममा बोल्द‌ै देउवाले आफू हिन्दु भएको तर, अरु धर्म विरोधी नभएको अभिव्यक्ति दिएका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.