गृहमन्त्रीसँग जिल्लाबासीको गुनासो- ग्यास र मल पाइएन

गृहमन्त्रीसँग जिल्लाबासीको गुनासो- ग्यास र मल पाइएन

गोरखा : हरेक महिना गृहजिल्ला गोरखा आउने कार्यक्रम बनाएका गृहमन्त्री सुधन गुरुङले आफ्नो निर्वाचन क्षेत्र गोरखा-१ का विभिन्न ठाउँमा पुगी मतदातासँग भेटघाट गरेका छन्। शुक्रबार मन्त्रालयको काम सकेर साँझ अबेर आरुघाट आइपुगेका मन्त्री गुरुङ शनिबारदेखि मतदाता भेटघाट कार्यक्रममा सरिक भएका हुन्।

शनिबार भीमसेनथापा गाउँपालिकाका विभिन्न गाउँबस्तीमा पुगी मतदाता भेटघाट गरेका उनीसँगै हिँडेका रास्वपाका जिल्ला नेता ध्रुव अधिकारीले जानकारी दिए। ‘भीमसेनथापा गाउँपालिकाको टारीफाँट, तान्द्राङ, सिमलाफेद, अश्राङ, बोर्लाङ, धावाका मतदाताको जनगुनासो सुन्ने र समाधानको प्रयास गर्ने काम गर्नुभयो’, अधिकारीले भने, ‘आइतबार बिहानै मनकामना दर्शन, पूजाआजापछि सहिद लखनको मनकामना, ताक्लुङ, रागिनासका मतदातासंग भेटघाट गरिरहनुभएको छ। सोमबार गण्डकी गाउँपालिकाको वडा नं. ७ र ८ का मतदातासँग भेटघाट गरी मन्त्रालय फर्कने कार्यक्रम छ।’

जिल्लाबासीले गृहमन्त्री गुरुङसँग खाना पकाउने ग्यासको र मलको चरम अभाव भएको तथा कच्ची सडकमा वर्सातका कारण ग्रामीण भेगमा यातायातका कष्ट हुने गरेको गुनासो गरेका थिए। 

गृहमन्त्री गुरुङले साथमै हिँडेका जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा निकायका प्रमुखहरूलाई सो समस्याहरू यथाशिघ्र समाधानका लागि पहल गरिदिन निर्देशन दिएका छन्। अन्य विविध समस्याहरू पनि सम्बन्धित निकायसँग समन्वय गरी तत्काल समाधानका लागि पहल गर्न गृहमन्त्री गुरुङले निर्देशन दिएको नेता अधिकारीले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.