कम्युनिस्ट एकताभन्दा जनतासँगको सम्बन्ध बलियो बनाऔं : शंकर पोखरेल

कम्युनिस्ट एकताभन्दा जनतासँगको सम्बन्ध बलियो बनाऔं : शंकर पोखरेल
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको प्राथमिकता कम्युनिस्ट पार्टीहरूबीच एकता गर्नु नभई जनतासँगको सम्बन्ध सुधार गर्दै पार्टीलाई बलियो बनाउनु रहेको बताएका छन्। 

काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले विगतमा सकारात्मक उद्देश्यका साथ कम्युनिस्ट पार्टीहरूबीच एकता गरिए पनि त्यो सफल हुन नसकेको भन्दै फेरि नेताहरूको तहमा हुने एकताको पछि लाग्नुभन्दा कार्यकर्ता र जनताबीचको सम्बन्ध बलियो बनाउनुपर्ने धारणा राखे। 

उनले पार्टीका कमजोरी सुधार गर्दै संगठनलाई बलियो बनाउनु अहिलेको मुख्य आवश्यकता रहेको उल्लेख गर्दै जनताको भावना बुझेर पार्टी अघि बढ्न सके वर्तमान चुनौती सामना गर्न सकिने बताए। महासचिव पोखरेलले एमाले यथास्थितिमा चल्न नसक्ने भन्दै पार्टीको समग्र पुनर्गठन आवश्यक रहेको बताए। 

महासचिव पोखरेलले कम्युनिस्ट नेतृत्वकै समयमा सरकारबाट बाहिरिनुपर्ने र जनताबाट अस्वीकृत हुनुपर्ने अवस्था आउनु वामपन्थी आन्दोलनका लागि गम्भीर विषय भएको उल्लेख गरे। उनले नेपालमा कम्युनिस्ट आन्दोलनले लामो राजनीतिक यात्रा तय गर्दै प्रधानमन्त्रीदेखि मुख्यमन्त्रीसम्मको नेतृत्व निर्माण गरे पनि पछिल्लो अवस्थालाई सामान्य रूपमा लिन नहुने बताए। उनले विशेषगरी जनमत किन वामपन्थी शक्तिबाट टाढिँदै गयो भन्ने विषयमा गम्भीर आत्मसमीक्षा आवश्यक रहेको उल्लेख गर्दै वामपन्थी आन्दोलनको वर्तमान अवस्था सुधार्न विगतका कमजोरी पहिचान गरी त्यसबाट पाठ सिक्नुपर्ने बताए।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.