वैदेशिक रोजगारका सबै काम ठप्प, भिसा आएका श्रमिक पनि जान नपाउने

वैदेशिक रोजगारका सबै काम ठप्प, भिसा आएका श्रमिक पनि जान नपाउने

काठमाडौं : वैदेशिक रोजगार व्यवसायमा संलग्न देशैभरका कार्यालयहरू आजै (सोमबार)बाट अनिश्चितकालका लागि बन्द हँुदैछन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफ्ना मागहरूको सुनुवाइ नभएको भन्दै सोमबारदेखि देशैभरका कार्यालय बन्द गर्ने घोषणा गरेको छ। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव हिराबहादुर डाँगीले एक विज्ञप्ति निकाल्दै सोमबारबाट वैदेशिक रोजगारीसम्बन्धी सबै सेवा ठप्प पारिने बताएका छन्। भिसा आएर विदेश उड्न ठिक्क परेका श्रमिकलाई समेत सोमबारबाट विदेश पठाइने छैन।

विभिन्न १५ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएको वैदेशिक रोजगार व्यवसायी संघले माग पूरा नभएपछि सोमबारदेखि वैदेशिक रोजगारसम्बन्धी सबै सेवा ठप्प पार्ने घोषणा गरेको थियो। संघले यसअघि नै श्रम स्वीकृति, नयाँ विज्ञापन तथा भिसा स्ट्याम्पिङलगायतका काम रोकिसकेको छ। संघले म्यानपावर कार्यालयमात्रै रोक्ने नभएर मेनपावरमार्फत वैदेशिक रोजगारीमा जाने श्रमिक पठाउने प्रक्रियासमेत पूर्ण रूपमा रोक्ने जानकारी दिएको छ।

संघका उपाध्यक्ष महेशकुमार बस्नेतका अनुसार, आइतबार राति १२ बजेभित्र प्रक्रिया पूरा भएका श्रमिकलाई विदेश पठाइसक्ने सूचना जारी भएको बताए। उनी भन्छन्, ‘एक साताअघि नै सबै म्यानपावर व्यवसायीलाई भिसा आएर तत्काल जानुपर्ने श्रमिकलाई आइतबार रातिसम्म पठाइसक्न सूचना जारी गरिएको छ। प्रक्रिया पूरा भए पनि सोमबारबाट पठाउन पाइने छैन।’

श्रम मन्त्रालयमा भएको वार्ता निष्कर्षविहीन
संघको आन्दोलनलाई श्रममन्त्री रामजी यादवले खासै प्राथमिकतामा राखेका छैनन्। दसौं दिनदेखि आन्दोलनमा उत्रिएका संघका पदाधिकारीसँग भेटघाट गर्ने र वार्ता गर्ने प्रयास पनि गरेको देखिँदैन। गत शुक्रबार युवा, श्रम तथा रोजगार मन्त्रालयमा संघका पदाधिकारी र मन्त्रालयका वार्ता टोलीबीच छलफल भएको थियो।

श्रममन्त्रीको सल्लाहकार र शाखा प्रमुख पीताम्बर घिमिरेको संयोजकत्वमा प्रारम्भिक छलफल भएको थियो। छलफलले निष्कर्ष निकाल्न सकेन। संघका पदाधिकारीले श्रममन्त्रीसँग नै वार्ता गरेर निष्कर्ष निकाल्न खोजेको छ। ऐन संशोधनदेखि नीतिगत सुधारका माग राख्दै उनीहरूले माग पूरा गर्नुपर्ने अल्टिमेटम दिएका थिए। सरकारले व्यवसायीको समस्यालाई प्राथमिकतामा नराखेको उनीहरूको आरोप छ।
श्रमिक विदेश पठाउँदा लिन पाउनेलागत शुल्क तोक्नेलगायत पुरानो ऐन संशोधन गरेर समय सान्दर्भिक बनाउन, वैेदेशिक रोजगार विभागले गरेको धरपकड रोक्नलगायतका माग राख्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

संघका महासचिव हिराबहादुर डाँगीले सोमबारबाट वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण काम–कारोबार तथा श्रमिकको उडान पूर्णरूपमा बन्द गराइएको बताएका छन्। यो निर्णय समग्र व्यवसायीको पेसागत अस्तित्व, सम्मान, अधिकार र दीर्घकालीन भविष्यसँग जोडिएको निर्णायक अभियान भएको संघको प्रष्टीकरण छ। सरकार र सम्बद्ध निकायसँगको संवाद, समन्वय र वार्ताका ढोका खुला राखिएको भन्दै संघले मागको सम्बोधन र कार्यान्वयन नभएसम्म संघर्ष फिर्ता वा स्थगित नगरिने अडान लिएको छ। वैदेशिक रोजगार व्यवसायी संघका महासचिव डाँगीका अनुसार, भदौ १ गतेदेखि देशभरका मुख्य तथा शाखा कार्यालयहरूसमेत बन्द गरी वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण कामकारबाही तथा श्रमिकको उडान पूर्णरूपमा बन्द गरिनेछ।

पेसागत अस्तित्व, सम्मान, अधिकार र दीर्घकालीन भविष्यसँग जोडिएको विषय भएकाले सरकार, मन्त्रालय, विभाग तथा सम्बन्धित निकायसँग समाधानका लागि संवाद, समन्वय र वार्ताका ढोकाहरू खुला राखेको संघको दाबी छ। जायज मागहरूको ठोस सम्बोधन, निर्णय र कार्यान्वयनको विश्वसनीय आधार नआएसम्म संघर्ष फिर्ता वा स्थगित नहुने उनीहरूको अडान छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.