नागपञ्चमी पर्व

भक्तपुरमा यसरी मनाइयो नागपञ्चमी (तस्बिरहरू)

भक्तपुरमा यसरी मनाइयो नागपञ्चमी (तस्बिरहरू)
तस्बिर : अभिषेक महर्जन

भक्तपुर : श्रावण शुक्ल पञ्चमीका दिन पर्ने नागपञ्चमी पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस पर्वको अवसरमा नागपञ्चमीको अवसरमा काठमाडौं उपत्यकाका नागपोखरी, टौदह, भक्तपुरको सिद्धपोखरी लगायत देशका विभिन्न नागस्थान, नागदह, र कुण्डहरूमापूजाआजा, जल चढाउने, र प्रसाद वितरणजस्ता धार्मिक कार्यहरू भव्य रूपमा भइरहेको छन्। श्रद्धालुहरू बिहानैदेखि पूजाका सामग्रीसहित ती स्थलहरूमा पुगिरहेका छन्।

परम्पराअनुसार घरका मूलढोकामा नागको चित्र टाँसी, गाईको दूध, दूबो, अक्षता, खीर, रोटी आदिसहित पूजा गरिन्छ। नाग पूजाको परम्परा वैदिक कालदेखि सुरु भएको मानिन्छ। वैदिक मान्यताअनुसार नाग सर्पहरूको राजा हुन्। उनीहरूको क्रोधले पानीको अभाव हुने जनविश्वास भएकाले वर्षा र समृद्धिको कामना गर्दै नागको पूजाआजा गरिन्छ।

नागलाई विष्णु र शिवसँग पनि जोडिएको छ। भगवान् शिवले नागलाई गलामा माला स्वरूप धारण गरेका छन् भने भगवान् विष्णु जलमाथि शेषनागको शय्यामा शयन गरिरहने वर्णन धार्मिक ग्रन्थहरूमा पाइन्छ।

नागपञ्चमीको अवसरमा भक्तपुरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू भव्य रूपमा आयोजना गरी मनाइँदै छ। यसैक्रममा परम्परागत बाजागाजा र सांस्कृतिक झाँकीसहित स्थानीयवासीहरू उत्सवका साथ पूजाअर्चनामा सहभागी भइरहेका छन्।null

तस्बिर : अभिषेक महर्जन null

null

null

null

nullnull


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.