ठगीको  नयाँ जालो

ठगीको  नयाँ जालो
सांकेतिक तस्बिर

जसरी कुनै प्रतिस्पर्धामा भाग नलिएको व्यक्तिले प्रतियोगिता जित्दैन, त्यसैगरी कुनै चिठ्ठा नकिनेको वा नहालेको व्यक्तिलाई चिठ्ठा पर्दैन। यति सामान्य ज्ञान पनि नराख्दा तपाईंलाई ‘चिठ्ठा परेको छ’ भनेर आउने फोन कललाई विश्वास गर्दा कैयौं नेपाली ठगीमा परेका छन्। त्यतिमात्रै नभई तपाईंलाई उपहार आएको छ, अथवा जागिरको अवसर छ, सस्तोमा सामान किन्न पाइन्छ जस्ता लोभलाग्दा प्रस्तावमा लठ्ठिँदा ठगिएका छन्।

नेपालभर दर्ता आर्थिक अपराधका मुद्दाको ग्राफले यस्ता अनेक ठगीको मात्रा देखाउँछ। आर्थिक वर्ष २०८१/८२ मा १६ हजार ५ सय मुद्दा आर्थिक अपराधसँग सम्बन्धित थिए। सँगै नेपाल प्रहरीमा साइबर अपराधसम्बन्धी १८ हजार ९ सय निवेदन दर्ता भए। सामाजिक सञ्जाल फेसबुक, टिकटक र ह्वाट्सएपजस्ता माध्यमबाट अपराध र ठगी भइरहेका छन्। अर्थात् सामाजिक सञ्जाल जसरी हातहातको मोबाइल फोनमा उपलब्ध छ, ठगी र अपराधको मात्रा पनि उत्तिकै फैलिएको छ। ठगी डिजिटल दुनियाँको डरलाग्दो पाटो बनेको छ।

प्रविधिले जसरी संसारका कुना कन्दरालाई जोडेको छ, ठगी र अपराध पनि त्यसै गरी विश्वका कुनाकुनासम्म पुगेको छ। आज विश्वको जुनसुकै कुनामा बसेर पनि नेपाल वा जुनसुकै देशका नागरिकको बैंक खाताको पैसा तुरुन्तै लुटिने सक्ने भएको छ। त्यसो त प्रविधिमा फड्को मारेको अमेरिकामा नै १० अर्ब डलर वार्षिक साइबर ठगी हुन्छ र उसले समेत त्यसलाई रोक्न अझै सकेको छैन। खास त चिन्दै नचिनेको व्यक्तिले फलानो संस्थाबाट बोलेको हुँ भन्दैमा पत्याउने मानवीय कमजोरीको फाइदा ठगले उठाउँछ। झन् त्यसमाथि लोभ थपिँदा पछि विलाप हुने भइहाल्यो।

त्यसबाहेक इमेल, ह्वाट्सअप वा मेसेन्सजरमा आउने जुनसुकै लिंकमा क्लिक गर्दामात्रै पनि ठगले हाम्रा मोबाइल फोन सेकेन्डभरमै ह्याक गर्छन्, अनि सबै सूचना लिएर बैंक खाताको पैसा आफूले चाहेकोमा पठाउँछन्। त्यसरी पैसा पुगेको खातावाला खास ठगको हुँदैन, ठगले त सोझासादा व्यक्तिलाई केही पैसा दिने लोभ देखाएर खातामा आएको पैसा निकालेर दिनमात्रै काम गराउँछन्। अनि न खातामा पैसा आउनेले त्यो पैसा लैजानेलाई चिन्छ न अरूले। मात्रै थोरै पैसा पाउने लोभमा सोझासादाहरू त्यस्ता ठगको प्रलोभनमा पर्छन्।

बैंकमा राखेको पैसा बैंकका कारण नभई वा प्रविधिको कमजोरीले नभई अन्ततः व्यक्तिकै कमजोरीले लुटिएको देखिन्छ। तसर्थ व्यक्तिव्यक्ति नै पहिला सचेत हुन जरुरी देखिन्छ। व्यक्ति नै सचेत नभए बैंकले न प्रहरीले केही गर्न सक्छ। सक्दैन। तर, नागरिककै कमजोरी मानेर राज्य उम्कन पाउँदैन, मिल्दैन। त्यस्ता कुनै पनि खालको ठगी हुन नदिने प्रणाली बसाउनुपर्छ। ठग पत्ता लगाउने संयन्त्र र उपाय रच्नुपर्छ। सँगसँगै नागरिक सचेतना पनि फैलाउनुपर्छ। भारतमा अनलाइनलगायत ठगीको तुरुन्तै उजुरीका लागि १९०३ नम्बरको हटलाइन फोनको अलावा छुट्टै वेबसाइट पनि छ। प्रहरीकहाँ तुरुन्तै उजुरी पुर्‍याउन सक्ने, बैंकलाई जुनसुकै बेला पनि खबर गर्न सकिने जस्ता व्यवस्था हाम्रोमा पनि खाँचो छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.