जेद्दा महावाणिज्यदूतावासको अग्रसरता : श्रमिककै बीच पुगेर सचेतना अभियान

जेद्दा महावाणिज्यदूतावासको अग्रसरता : श्रमिककै बीच पुगेर सचेतना अभियान
सुन्नुहोस्

साउदी अरब : साउदी अरबको खुम्रास्थित अल क्विजेन क्षेत्रमा साउदीका लागि नेपाली महावाणिज्यदूतावास जेद्दाले श्रमिक सचेतना तथा अन्तरक्रिया गरेको छ। कार्यस्थल र बसोबास क्षेत्रमै पुगेर सञ्चालन गरिएको यस कार्यक्रममा करिब १०० जना नेपाली श्रमिक, गैरआवासीय नेपाली संघ (एनआरएनए) तथा स्थानीय नेपाली समुदायका अगुवाहरूको सहभागिता थियो।

कार्यक्रममा साउदी श्रम कानुन, सामाजिक सुरक्षा कोष, श्रमिकका अधिकार र समस्या समाधानका उपायबारे जानकारी गराइएको छ। साथै, साउदी सरकारले सञ्चालनमा ल्याएका डिजिटल प्लेटफर्महरू ‘अब्सेर’  र ‘किवा’ को प्रभावकारी प्रयोगका विषयमा सहभागीहरूलाई व्यावहारिक ज्ञान दिइएको थियो।

स्थानीयस्तरमै समस्या समाधानको लक्ष्य

स्थानीय तहमा देखिने सानातिना समस्या नेपाली समुदायका अगुवाहरूमार्फत समाधान गराउने र सूचनाको सहज पहुँच विस्तार गर्ने उद्देश्य नेपाली महावाणिज्यदूतावास, जेद्दालेले लिएको छ। कार्यक्रमका अवसरमा नेपाली नागरिकको कल्याण र संरक्षणमा उल्लेखनीय योगदान पुर्‍याउने दुई जना नेपालीलाई कदरपत्रद्वारा सम्मानित गरिएको छ।

श्रमिक रहेका स्थानमै पुगेर प्रत्यक्ष संवाद गर्ने र आवश्यक सूचना एवम् सेवाबारे सजग गराउने अभियानलाई आगामी दिनमा साउदीका अन्य क्षेत्रमा पनि विस्तार गरिने महावाणिज्य दूतावासले जनाएको छ। नेपाली श्रमिकलाई आफ्ना अधिकार र डिजिटल प्रणालीबारे जानकार बनाउँदै समस्या पर्दा सही निकायसम्म पुग्न सक्षम बनाउनु यस्ता कार्यक्रमको मुख्य ध्येय रहेको छ।

सहजीकरणका लागि ह्वाट्सएप ग्रुप र हटलाइन

जेद्दा, अम्बा, खमिस, बल्खुले, जिजान, एम्बु, ताइफ लगायतका विभिन्न क्षेत्रमा कार्यरत नेपालीका समस्या दर्ता र सूचना प्रवाहलाई तीव्र बनाउन महावाणिज्यदूतावासले विशेष ह्वाट्सएप ग्रुप सञ्चालनमा ल्याएको छ।

कुनै पनि समस्या, गुनासो वा वैधानिक सहायताका लागि महावाणिज्यदूतावासले सार्वजनिक गरेको ०९६६५३१२५४०९९ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ। यस्ता प्रत्यक्ष सचेतना कार्यक्रमले नेपाली समुदाय र कूटनीतिक नियोगबीचको सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.