खोकीलाई सामान्य ठान्दा क्षयरोगको जोखिम

खोकीलाई सामान्य ठान्दा क्षयरोगको जोखिम
सुन्नुहोस्

लामो समयसम्म खोकी लागिरहेको छ ? तौल घट्ने राति पसिना आउनुका साथै ज्वरो आउने र कमजोरी महसुस भइरहेको छ भने सामान्य नठान्नुहोस्। यी लक्षणहरू क्षयरोगका पनि हुन सक्छन्। धेरै मानिसले यस्ता लक्षणलाई सामान्य रुघाखोकी, मौसम परिवर्तन वा अन्य कारणसँग जोडेर बेवास्ता गर्ने गर्छन्।

यही बेवास्ताले रोग पहिचानमा ढिलाइ हुन्छ। बिरामीबाट परिवार तथा समुदायका अन्य व्यक्तिमा संक्रमण फैलिने जोखिम बढाउँछ। त्यसैले दुई साताभन्दा बढी समयसम्म खोकी लागिरहेमा परीक्षण गराउनुपर्छ। समयमै परीक्षण र उपचार गर्दा निको हुन्छ। 

विश्व स्वास्थ्य संगठनको अनुमानअनुसार सन् २०२४ मा नेपालमा करिब ६७ हजार नयाँ क्षयरोगी रहेको अनुमान छ। 

क्षयरोगकै कारण हरेक वर्ष करिब १६ हजार जनाको मृत्यु हुने अनुमान छ। उपचार सम्भव हुँदाहुँदै पनि रोगको पहिचानमा ढिलाइ, उपचार पूरा नगर्ने प्रवृत्तिका कारण क्षयरोगले ज्यान लिइरहेको छ। क्षयरोगका बिरामीमध्ये ७२ प्रतिशतमा फोक्सोसँग सम्बन्धित क्षयरोग र २८ प्रतिशतमा फोक्सोबाहेक शरीरका अन्य अंगमा हुने क्षयरोग देखिएको थियो। 

अहिले अनुमानित ४१ प्रतिशत बिरामी उपचारको पहुँचमा आउन नसकेको तथ्यांकले चुनौती देखिएको छ। क्षयरोग लागेका व्यक्तिलाई घृणा, बहिष्कार वा विभेद गर्नु समस्या समाधान होइन। बरु यस्तो व्यवहारले बिरामीलाई आफ्नो रोग लुकाउन बाध्य बनाउन सक्छ। रोग लुकाउँदा उपचारमा ढिलाइ हुन्छ र संक्रमण फैलिने जोखिम अझ बढ्छ।

त्यसैले लामो समयसम्म खोकी लागेमा परीक्षण गराउनुपर्छ। क्षयरोग पुष्टि भएमा स्वास्थ्यकर्मीको सल्लाहअनुसार नियमित औषधि खानुपर्छ। क्षयरोग लाग्नु लाजको विषय पनि होइन। यो उपचारबाट निको हुन सक्ने रोग हो। त्यसैले लामो समयसम्म खोकी लागिरहेको छ भने, ‘भोलि जाउँला’ भनेर नबसौँं। नजिकको स्वास्थ्य संस्थामा पुगेर परीक्षण गराऔं। आफू सुरक्षित बनौं, परिवारलाई सुरक्षित राखौं।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.