सप्तरीमा बालिका मृत फेला : घटना ‘शंकास्पद’, सानी आमा पक्राउ
लहान : सप्तरीमा तीन वर्षीया बालिका मृत फेला परेकी छन्। आज बिहान बालिका मृत फेला परेपछि घटनामा संलग्न रहेको आशंका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा डीएसपी हेमराज घिमिरेले अन्नपूर्णलाई जानकारी दिए।
उनका अनुसार शम्भुनाथ नगरपालिका वडा नम्बर –३ मा २/३ वर्षको सानिया भन्ने खुशी खातुन मृत फेला परेकी हुन् । प्रहरीले नियन्त्रणमा लिएका व्यक्ति नातामा मृतक बालिकाकी सानी आमा पर्छिन्।
उनको गतिविधि शंकास्पद देखिएपछि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ। इरफानकी छोरी सानिया आइतबार बिहान करिब ९ बजेपछि घरबाट एकाएक बेपत्ता भएकी थिइन् । खोज्नेक्रममा उनी घर पछाडि नै मृत अवस्थामा फेला परेकी हुन् ।
प्रतिक्रिया दिनुहोस !