बानेश्वरमा ड्युटीमा खटिएकी महिला ट्राफिकमाथि कसले गर्यो हातपात?
काठमाडौं : बानेश्वरमा ड्यूटीमा खटिएकी महिला प्रहरीमाथि एक युवकले हातपात गरेका छन्। ट्राफिक व्यवस्थापनमा खटिएकी सामुदायिक महिला प्रहरीमाथि हातपात भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
परिसरका प्रवक्ता दानबहादुर थापाका अनुसार ती पुरुष जथाभावी सडक पार गर्न खोजिरहेका थिए। उनलाई आकाशे पुलको प्रयोग गर्न सुझाव दिएपछि महिला प्रहरीमाथि मुक्का हानेका थिए।
हातपात गर्ने २७ वर्षीय राजु कठायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी जुम्ला तातोपानीका बासिन्दा भएको खुलेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !