कमलादीमा गाईजात्रा कार्यक्रम आयोजना हुने
काठमाडौं : ब्राण्डवर्थ प्रालिले यस वर्ष पनि ८३ सालको गाईजात्रा कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम नेपाल प्रज्ञा-प्रतिष्ठान, कमलादीमा भदौ १२, १३ र १४ गते आयोजना हुनेछ।
नेपालका चर्चित हास्य व्यङ्ग्य कलाकारहरूको सहभागितामा आयोजना हुने कार्यक्रममा समसामयिक राजनीतिक, सामाजिक, आर्थिक तथा दैनिक जनजीवनका विषयलाई हास्य र व्यङ्ग्यका माध्यमबाट फ्रस्तुत गरिने आयोजकले जनाएको छ।
कार्यक्रममा बरिष्ठ हास्य व्यङ्ग्य कलाकार मनोज गजरेल, शैलेन्द्र सिंखडा, लक्ष्मण गाम्नागे, चक्र दवाडी, सुमन कार्की, मेक्सम गौडेल, प्रभात लामा र सीता न्यौपानेको प्रस्तुती रहने बताइएको छ। त्यस्तै सरोज घिमिरे, आशीष खनाल माडसाब, कल्पना खतिवडा, प्रकृति गिरी, सन्देश सुवेदी, स्मारिका फुयाँल, टीकाराम आचार्य, नारायण कडरिया र पुष्पराज भट्टराईले पनि प्रस्तुती दिनेछन्। कार्यक्रमको मुख्य प्रायोजक केएनपी नेरोलेक पेन्ट्स् रहेको छ।
कार्यक्रममा कलाकारहरूले वर्तमान राजनीतिक परिस्थिति, सामाजिक प्रवृत्ति, प्रविधि तथा सामाजिक सञ्जालको प्रभाव, जनताका दैनिक समस्या र पछिल्लो समय चर्चामा रहेका विभिन्न घटनालाई आफ्नै मौलिक शैलीमा व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गर्नेछन्।
प्रतिक्रिया दिनुहोस !