बाढीपछि खण्डहर बने नदी किनारका बस्ती (भिडियो)


काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको अचानकको भीषण बाढीले नदी किनारका बस्ती, बजार र भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको छ। बाढीले स्याफ्रुबेसीदेखि तल्लो तटीय क्षेत्रसम्मका संरचना तहसनहस बनाउँदा कतिपय ठाउँ खण्डहरमा परिणत भएका छन्। 

हालसम्म ८ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। नेपाली सेनाका अनुसार हालसम्म हेलिकोप्टरमार्फत स्याफ्रुबेँसीबाट ६ जना, मैलुङबाट २ जना र धुन्चेबाट ४ जना गरी १२ जनाको उद्धार गरिएको छ। वीर अस्पताल र ट्रमा सेन्टरमा १०० वटा शय्या घाइतेका लागि छुट्याइएको छ ।

अहिले बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाली सेनाका चार र सिम्रिक एयरसहित निजी कम्पनीका ८ गरी जम्मा १२ वटा हेलिकोप्टर उद्धार कार्यमा खटिएका छन्।

बाढीका कारण घर, सडक, पुल, जलविद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण आएको छ। अचानक आएको बाढीको कारणबारे अझै यकिन भइसकेको छैन। बाढीले नेपालतर्फ रहेको भन्सार क्षेत्रमा रहेका गाडी र भवन बगाएको छ। 

रसुवाबाट आएको त्रिशूलीको बाढीले गोरखाको गण्डकी गाउँपालिकामा पर्ने धवानीघाट, हिक्लुङघाट, चरौँदी र इटारका झोलुंगे पुल तथा गण्डकी–८ र बेनिघाट जोड्ने मोटरेबल पुल क्षतिग्रस्त बनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.