रसुवामा आएको बाढीमा बाराका दुई युवक बेपत्ता

रसुवामा आएको बाढीमा बाराका दुई युवक बेपत्ता

सिमरा : रसुवामा आएको बाढीमा परी बाराका दुई युवक बेपत्ता भएका छन्। अपर त्रिशूली हाइड्रोपावरमा कार्यरत सुवर्ण गाउँपालिका–४ हरैयाका रमेशकुमार यादव र कलैया उपमहानगरपालिका–२ दोहोरीका सुदीप मण्डल बेपत्ता भएका हुन्।

बाढी आएयता उनीहरु सम्पर्कमा छैनन् । एक वर्षदेखि त्यहाँ कार्यरत रमेश बिहान ९ बजेदेखि सम्पर्कविहिन रहेको उनकी पत्नी अनिशाले बताएकी छिन्। कोठाबाट बिहान खाना खाएर काममा निस्किएका उनीसँग पछिल्लो पटक सम्पर्क हुन सकेको छैन।

नेपाल विद्युत प्राधिकरणको पाँचौं तहका कर्मचारी यादव एक वर्षदेखि ३३ मेगावाट क्षमताको अपर त्रिशूली हाइड्रोपावरमा कार्यरत थिए। बाढी आएकै समयमा बेपत्ता भएको हालसम्म सम्पर्क हुन नसक्दा आफूहरु चिन्तित रहेको उनका साथी इन्जिनियर परवेज खानले बताएका छन्।

यता बिहान ७ः३० बजे आफनो बुवासँग कुरा गरेर काममा निस्किएका २७ वर्षीय मण्डल पनि बेपत्ता छन्। उनी अपर त्रिशूली–१ २१६ मा मेकानिक पदमा कार्यरत थिए। उनको पनि अवस्था अज्ञात रहेको भिनाजु अवधेश मण्डलले जानकारी दिए ।

बुवा बिकाउसँग कुरा गर्दा सुदीपले रक्षाबन्धनका लागि घर आउने कुरा गरिरहेका थिए । सोही समयमा कामका लागि निस्कनु परेपछि पछि कुरा गर्ने भन्दै सुदीप निस्किएको र त्यसयता सम्पर्क नभएको परिवारको भनाई छ। सुदीपको मोबाइल अहिले ‘स्वीच अफ’ आईरहेको छ ।

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.