मोटरसाइकल दुर्घटनामा जनमतका केन्द्रीय सदस्य पाण्डेको निधन
सिमरा : जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा निधन भएको छ। बाराको कलैया उपमहानगरपालिका-१४ स्थित लक्ष्मीनियामा आफैंले चलाएको मोटरसाइकल दुर्घटना हुँदा ३३ वर्षीय पाण्डेको निधन भएको हो।
कलैयाबाट बघवनतर्फ जाने क्रममा उनले चलाएको म.प्र.०३-०२८ प ७१९६ नम्बरको मोटरसाइकल राति करिब १० बजे अनियन्त्रित भई आफैं दुर्घटना भएको प्रहरीको भनाइ छ। दुर्घटनामा गम्भीर घाइते भएका पाण्डेको अस्पताल लैजादै गर्दा मृत्यु भएको हो।
दुर्घटना लगत्तै उनलाई प्रादेशिक अस्पताल कलैया हुँदै बयोधा मेडिसिटी अस्पताल लगिएको थियो। अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए।
कलैया उपमहानगरपालिका-१४ निवासी युवा नेता पाण्डे राजनीतिमा सक्रिय थिए। उनले पूर्व मधेस प्रदेशसभा सदस्य पारसप्रसाद साहको सचिवालयमा रहेर काम गरेका थिए। उनको निधनमा विभिन्न राजनीतिक दलका नेतासहित स्थानीयले दुःख व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस !