बाढीपीडितको लागि एनआरएनए साउदीद्वारा ५ लाख सहयोग

बाढीपीडितको लागि एनआरएनए साउदीद्वारा ५ लाख सहयोग
सुन्नुहोस्

साउदी : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबले ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा बाढी तथा प्राकृतिक विपद्का कारण भएको जनधनको क्षतिप्रति ऐक्यबद्धता जनाउँदै एनआरएनए साउदीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। संघमा आबद्ध पदाधिकारी तथा सदस्यहरूबाट रकम संकलन गरी सहयोग गरिएको एनआरएनए साउदी अरबका अध्यक्ष उमेश भट्टराईले जानकारी दिए।

अध्यक्ष भट्टराईले विपद्को घडीमा प्रभावित परिवारलाई तत्काल राहत र उद्धार आवश्यक रहेकाले सहयोग अभियानलाई थप प्रभावकारी बनाउँदै लैजाने बताए। ‘प्रारम्भिक रूपमा ५ लाख रुपैयाँ सहयोग गरेका छौँ। अभियान अझै जारी रहेकाले आगामी दिनमा यसभन्दा बढी रकम संकलन गरी थप सहयोग गर्ने हाम्रो लक्ष्य छ,’उनले भने।

एनआरएनए साउदीले साउदी अरबमा रहेका नेपाली समुदायलाई पनि आफ्नो क्षमताअनुसार राहत अभियानमा सहभागी हुन आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.