रविन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
काठमाडौं : नेपालका मिक्स्ड मार्सल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँट रोड टु युएफसी सिजन ५ को फाइनलमा प्रवेश गरेका छन्। शुक्रबार चीनको सांघाईस्थित ओरिएन्टल स्पोर्ट्स सेन्टरमा भएको ब्यान्टमवेटतर्फको सेमिफाइनलमा रविन्द्रले न्युजिल्यान्डका कासिब मोड्रोचलाई स्प्लिट डिसिजनका आधारमा पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन्।
एमएमए करियरमा हालसम्म हार नबेहोरेका कासिबको अपराजित यात्रामा रविन्द्रले पूर्णविराम लगाएका हुन्।रविन्द्रले फाइनलमा जापानका रियो तान्जिमासँग प्रतिस्पर्धा गर्नेछन्। रियोले भारतका चुङग्रेङ कोरेनलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन्।
प्रतिक्रिया दिनुहोस !