विपद्मा एकअर्काको सहारा बनौं

विपद्मा एकअर्काको सहारा बनौं
सुन्नुहोस्

भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण प्रभावित क्षेत्रमका बासिन्दा पीडामा छन्। बेपत्ता व्यक्तिका परिवारलाई अनिश्चितता, मानसिक तनाव र आर्थिक/सामाजिक पीडाले पिरोलिरहेको छ। यस्तो अवस्थामा वरिष्ठ मनोचिकित्सक डा. कपिलदेव उपाध्यायको  सुझाव छ, ‘आफूलाई माया गरौं। आपसमा कुराकानी गरौं। आपसमा सहयोग लिऊँ।’

के गर्ने ?   

  • पर्याप्त निद्रा, आराम, र नियमित तथा स्वस्थ खाना खानुहोस्। आफ्नो आवश्यकताबारे बताउनुहोस्। विश्वास गर्ने मानिससँग कुरा गर्नुहोस्। मनभित्रै दबाएर नराख्नुहोस्।
  • घरमा वा सवारी चलाउँदा सावधानी अपनाउनुहोस्। दुर्घटना हुने सम्भावना बढ्न सक्छ।
  • केही समयका लागि अतिरिक्क माग र जिम्मेवारीहरू कम गर्नुहोस्।
  • आफूलाई सुरक्षित महसुस हुने ठाउँमा गएर शान्त रूपमा के भएको थियो भनेर मनन गर्नुहोस्। भावनाहरू अत्यधिक तीव्र भएमा जबर्जस्ती नगर्नुहोस्।

के नगर्ने ?  

  •  भावनाहरू मनभित्रै दबाएर नराखुहोस्। विश्वास गर्ने व्यक्तिसँग कुरा गर्नुहोस्।
  • आफ्ना भावना र विचारका कारण लज्जित ननहुस गर्नुहोस्। यस्ता प्रतिक्रिया सामान्य हुन्।
  •  विश्वास गर्ने मानिसहरूबाट टाढिन नखोज्नुहोस्।

बालबालिकालाई सहयोग गरौं

  • दैनिक जीवनलाई सकेसम्म सामान्य राख्नुहोस्। नियमित दिनचर्या र सामान्य गतिविधिले उनीहरूलाई सुरक्षित महसुस गराउँछ।
  • बच्चा कुरा गर्न तयार हुँदा कुरा गर्नका लागि उपलब्ध रहनुहोस्। आवश्यक परेमा विश्वासिला वयस्कको सहयोग लिनुहोस्।
  • उमेर अनुसार सत्य र सरल जानकारी दिएर के भएको हो भनेर बुझाउनुहोस्। यसले भ्रम, डर र दोषी महसुस गर्ने भावना कम गर्छ।
  • नराम्रा कुरा हुन सक्छन्, तर त्यसको अर्थ सधैं डराएर बस्नुपर्छ भन्ने होइन भन्ने आश्वस्त पार्नुहोस्।
  • धैर्य, सरलता र इमानदारीका साथ प्रश्नको उत्तर दिनुहोस्, विशेषगरी मृत्यु जस्ता संवेदनशील विषयमा।

यी लक्षणहरू रहिरहेमा सहयोग मागौं

  • घटनाबारे कुरा गर्न चाहना भए पनि कोही नहुनु 
  • सजिलै झरकिनु, अत्यधिक उत्तेजित/अशान्त हुनु 
  • घटनाका जीवन्त दृश्य बारम्बार आउनु 
  • निद्रामा समस्या, दुःस्वप्न वा बेचैन विचार आउनु
  • अत्यधिक भावनात्मक उतार–चढाव वा खालीपन महसुस हुनु
  • थकान, एकाग्रता कमी, शारीरिक समस्याहरू (हृदय छिटो धडकिनु, काँप्नु, चक्कर लाग्नु, मांसपेसी दुख्नु, वाकवाकी आदि)
  • घटनापछि सम्बन्ध, काम वा पढाइमा असर पर्नु
  • मदिरा वा लागूपदार्थको प्रयोग बढ्नु
  • नजिकको व्यक्तिले तपाईको अवस्थाबारे चिना व्यक्त गर्नु

बालबालिकामा देखिन सक्ने सामान्य प्रतिक्रिया

  • दुःस्वप्न, बारम्बार घटना सम्झना आइरहने 
  • घटना फेरि भइरहेको जस्तो लाग्ने 
  • घटना सम्झाउने कुरा/स्थानबाट टाढिने 
  • चिडचिडापन, रिस उठ्नु, डर लाग्ने
  • ध्यान केन्द्रित गर्न वा सुत्न कठिनाइ हुने
  • आमाबुबा/हेरचाहकर्तासँग बढी टाँसिइरहने
  • पेट दुख्ने, टाउको दुख्ने जस्ता शारीरिक गुनासो गर्ने
  • विद्यालयमा समस्या देखिने
  • प्रतिक्रिया सामान्य हुन् र प्रायः चार हप्ताभन्दा बढी रहँदैन। 

बालबालिकामा कस्तो सोचाइ र व्यवहार देखिन सक्छ ?  

  • आफूलाई दोष दिनु वा आत्मसम्मान घट्नु
  • आफू खराब व्यक्ति हुँ वा आफूलाई नराम्रो कुरा हुनै पर्छ भन्ने सोच
  •  अरूमा विश्वास कम हुनु, सुरक्षित महसुस गर्न कठिनाइ
  • लाज, दुःख र डरजस्ता तीव्र भावना अनुभव गर्नु 
  • भय बढाउने, सम्झना दिलाउने अवस्थाबाट टाढिनु
  • यदि लक्षणहरू चार हप्ताभन्दा बढी रहिरहेमा सहयोग लिनुहोस्।

प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.