बाढी प्रभावित क्षेत्रमा सर्पदंशको डर

बाढी प्रभावित क्षेत्रमा सर्पदंशको डर
सुन्नुहोस्

सर्पदंशबाट हुने मृत्युदर घटाउन पहिलो गाउँगाउँमा सर्पको डसाइबाट बच्ने उपायबारे ब्यापक जनचेतना फैलाउनु जरुरी छ। त्यस्तै, नजिकैका स्वास्थ्यसंस्थाहरूमा एन्टिस्नेक भेनम र दक्ष प्यारामेडिक्सहरूको उपलब्धता सुनिश्चित गर्नु जरुरी छ। किनभने, सर्पदंश रोक्न सकिने मृत्यु हो।

भोटेकोशीमा बाढी आएको चार दिन बितिसकेको छ।  यही विपद्का बीच अर्को जोखिम पनि उत्तिकै छ, त्यो हो सर्पदंश। बाढी र डुबानपछि सर्प बासस्थानबाट बाहिर निस्कने भएकाले सर्पदंशको जोखिम बढ्छ। अझ विडम्बना, यही समय देशका प्रमुख उपचार केन्द्रमै जीवनरक्षक एन्टिभेनमको अभाव हुन सक्छ। बाढी र घाइतेहरूको उद्धार एवं शव व्यवस्थापनमा सर्पदंशको जोखिम ओझेलमा पर्न सक्छ।

२०८३ वैशाख १ गतेदेखि पछिल्लो ४ महिनामै विषालु सर्पका बिगबिगी बढेको छ। सर्पको ९ सय ५६ डसाइबाट कम्तीमा ६६ जनाको मृत्यु भएको तथ्यांक विपद् प्राधिकरणले दिएको छ। उक्त संख्या सरकारी अस्पतालहरूको तथ्यांकको हो। यसमा गाउँघरको तथ्यांक समावेश छैन। 

२०७९ सालमा २४ जनालाई सर्पदंश हुँदा १९ जनाको मृत्यु भएको छ। २०८० मा ३५ लाई टोक्दा २० को मृत्यु,२०८१ मा ८४ जनालाई टोक्दा १९ जनाको मृत्यु भएको देखिन्छ। त्यस्तै २०८२ सालमा ६ सय २९ जनालाई टोक्दा १ सय १ जनाको मृत्यु भएको पाइएको छ। 

विपद् प्राधीकरणकाअनुसार मधेस प्रदेशका आठै जिल्ला, कोशीका झापा, मोरङ र सुनसरी, बाग्मतीको चितवन, गण्डकीको नवलपरासीपूर्व, लुम्बिनीको पाल्पा, कपिलवस्तु, बाँके, दाङ, रूपन्देही, नवलपरासीपश्चिम, बर्दिया र सुदूरपश्चिमको कञ्चनपुर र कैलाली २ जिल्ला गरी कुल २४ जिल्ला अति जोखिमयुक्त जिल्ला मानेको छ।

अस्पताल आधारित तथ्यांकमा वार्षिक करिब २० हजार भर्ना र एक हजारको मृत्यु देखिए पनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान,जेनेभा विश्वविद्यालय र विश्व स्वास्थ्य संगठनको संयुक्त अध्ययनमा नेपालमा वार्षिक करिब ३७ हजार ६ सय ६१ जनालाई सर्पले टोक्ने र ३ हजार २ सय २५ जनासम्म मृत्यु हुने गरेको छ। यो ठूलो अन्तरको कारण धेरै मृत्यु अस्पताल पुग्नुअघि नै गाउँघरमा हुने गरेका छन्।

नेपालमा हाल पहिचान भएका ८९ प्रजातीमध्ये १७ देखि २२ प्रजातिमात्र विषालु छन्। जसमा बिग थ्रीमा गोमन, करेत र रसेल भाइपर पर्दछन्।गोमनको टोकाइमा ३० मिनेटदेखि ३ घण्टाभित्रै र करेतको टोकाइमा २ देखि १२ घण्टासम्म लक्षण देखिन लाग्छ। तराईमा श्वासप्रश्वास प्रणालीमा चाहिने स्नायुतन्त्रलाई पक्षाघात गराउने गोमन र करेत मुख्य हुन भने पहाडमा शरीर सुन्निने र रगत पातलो भई अगंभंग वा मृत्यु गराउने पिट भाइपरहरू पाइन्छन्। त्यसैले विश्व स्वास्थ्य संगठनले सर्पले डसेको १ घण्टाभित्र बिरामीलाई नजिकैको उपचार केन्द्रमा पुर्‍याउनपर्छ।

प्राथमिक उपचार 

विश्व स्वास्थ्य संगठनले गरेको एक अध्ययन अनुसार विषालु सर्पले टोकेमा पनि ३० प्रतिशतले मात्र विष छोड्छन् ७० प्रतिशतको विष लाग्दैन। यस्ता ७० प्रतिशत मानिसलाई औषधि र झारफुक नगरे पनि केही हुँदैन। 

टोकेको ठाउ“मा चिन्ह लगाई साबुन पानी वा पोटास पानीले  तत्काल पखाल्ने र कपडाले छोप्नुपर्छ। बिरामीलाई आस्वस्थ पार्ने, विषसँग लड्ने क्षमता बढाउन साहस ढाडस दिनुपर्छ  किनभने ९० प्रतिशत बिरामी आत्तिएर, दौडेर र भागेर मर्दछन्।  त्रसित अवस्थामा मुटुको चाप बढी धड्कन बढ्दछ र विष झन् बढी र छिटो फैलन्छ। 

होस्मा भए प्रशस्त चिसो झोल पदार्थ, चिया, कफी, पानी, खान दिने, घाउ“ वरिपरि बरफ चिसो पानी राख्ने। टोकेको ठाउँदेखि शरीरमा विष फैलन नदिन सर्पले टोकेको खुट्टा वा हात चल्न नदिने गर्नुपर्छ । टोकेको ठाउँदेखि केही सेमी (२—३  इन्च) माथि मुटुतिर अलग अलग तीन ठाउ“मा चौडा पट्टी (व्यान्डेज, डोरी, रुमाल बाँध्ने  एउटा औंला पट्टीभित्र मुस्किलले छिर्न सकने गरी बाँध्ने  ता कि उक्त पट्टीले रगत होइन लिन्फ बग्न रोक्छ )  प्रत्येक १०.१५ मिनेटमा आधा मिनेट डोरी खोली रक्तसञ्चार हुन दिनुपर्छ। 

यदि अस्पताल वा स्वास्थ्य संस्था धेरै टाढा भएमा वा त्यहासम्म पुग्न ३ घण्टा भन्दा बढी समय लाग्ने अवस्था भएमा तत्कालका लागि प्राथमिक उपचार गर्दै व्यक्तिलाई अस्पताल तिर लानुपर्दछ। उपचार  के छ ?   

एन्टीभेनम् सुई दुई प्रकारका हुन्छन्। यदि टोकेको सर्प चिन्ह सकियो भने मोनोभ्यालेन्ट वा मोनोस्पेसीफीक एन्टिभेनम सुई प्रयोग गरिछ तर चिन्न नसकिएमा पोलिभ्यालेन्ट वा पोलिस्पेसिफिक एन्टिभेनम सुई प्रयोग गरिन्छ । 

हामीकहाँ प्रयोग गरीने पोलिभ्यालेन्ट एन्टिस्नेक सुईमा रसेल भाइपर कोब्रा, करेत र स्केल्ड भाइपर ४ प्रकारका विषालु सर्पलाई हुने गरी घोडाको सेरमबाट बनाइएको हो। एक मिली  यस सुईले ०.६ मिग्रा काबव्रा रसेल भाइपर, ०.५ मीग्रा करेत र स्केल्डभाइपरको विष न्यून पार्दछ। सर्पोटिभ थेरापीको रूपमा कृत्रिम श्वासप्रश्वास, रक्तसञ्चार, एन्टिवायोटिक र डायलाइसीसको पनि प्रयोग गरिने गर्दछ। 

जोगिन  सकिन्छ 

घर वरिपरि अनावश्यक ठूला घाँस खर झाँडीहरू नराख्ने दुलो बन्द गरिदिने, घरभित्र सिध्रा माछा खुला रूपमा नराख्ने। रातिमा अधिकांश सर्पदंश हुने भएकाले सुत्नेबेलामा गेट, ढोका, बन्द गर्ने घरवरिपरि फिनेल वा मट्टितेल छर्कने। झ्याल ढोकाहरूमा जाली लगाउने, राति हिँड्डुल गर्दा हातमा लौरो उज्यालोको प्रबन्ध गरी जुत्ता लगाएर हिँड्ने। 

घरबाहिर तथा भित्र सामान जथाभावी नराख्ने, मिलाउने, सर्प बस्नसक्ने सम्भाव्य स्थानमा जाँदा होसियारी अपनाउने। सर्पहरू देख्नेबित्तिकै चिनी विषालु भएमा मार्ने। रेडियो, पत्रपत्रिकामार्फत स्वास्थ्य शिक्षा दिने, जनचेतनाका कार्यक्रम गरी जानकारी दिने। झारफुक गर्नेले ग्यारेन्टी दिइ अल्झाउने गर्नुभन्दा अस्पतालमा रिफर गर्ने। विषालु सर्पले टोकेमा एकमात्र बच्ने उपाय अस्पताल लैजानु हो।

सरकारको प्रयास के छ ? 

सर्पदंश रोकथाम र नियन्त्रणसम्बन्धी पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०८३ तयार छ। लामो समयसम्म ग्रामीण र तराईको समस्यामा सीमित सर्पदंश नयाँ राष्ट्रिय कार्ययोजनाले सार्वजनिक स्वास्थ्य र विपद् व्यवस्थापनको साझा मुद्दाका रुपमा स्थापित गरेको छ। सरकारले २०५२/५३ सालदेखि नै सर्पदंशको मुख्य औषधि एन्टिभेनम पूर्णरूपमा निःशुल्क उपलब्ध गराउँदै आएको छ। तर दुरुपयोग रोक्न सरकारी गाइडलाइन अनुसारमात्रा प्रयोग गर्न जरुरी छ।   

सन् २०१७ मा एनटिडि अर्थात् उपेक्षित उष्णप्रदेशीय रोगको सूचीमा राखेको छ। सरकारले विश्व स्वास्थ्य संगठनको स्नेकबाइट रोडम्यापअनुरूप सन् २०३० सम्म सर्पदंशबाट हुने मृत्यु तथा अपांगता आधाले घटाउने लक्ष्य लिएको छ। जसमा नेपाल सरकारले राष्ट्रिय प्रतिबद्धता औपचारिकरुपमा जोडेको छ।

अन्तमा, सर्पदंशबाट हुने मृत्युदर घटाउन पहिलो गाउँगाउँमा सर्पको डसाइबाट बच्ने उपायबारे ब्यापक जनचेतना फैलाउनु जरुरी छ। त्यस्तै, नजिकैका स्वास्थ्यसंस्थाहरूमा एन्टिस्नेक भेनम र दक्ष प्यारामेडिक्सहरूको उपलब्धता सुनिश्चित गर्नु जरुरी छ। किनभने, सर्पदंश रोक्न सकिने मृत्यु हो। ​​​​​​


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.