विपद्मा मनोवैज्ञानिक प्राथमिक उपचार कसरी ?

विपद्मा मनोवैज्ञानिक प्राथमिक उपचार कसरी ?
सुन्नुहोस्

कुनै घटना, विपद् वा गम्भीर संकटको बेला अरूलाई शारीरिक रूपमा जस्तै मानसिक रूपमा पनि तत्काल सहयोगको आवश्यकता पर्छ। यसलाई मनोवैज्ञानिक प्राथमिक उपचार (साईकोलोजिकल फस्ट एड) भनिन्छ। यो उपचार कुनै विशेषज्ञले दिने काउन्सिलिङ होइन। यो जोसुकैले  गर्न सक्ने मानवीय सहयोग हो। सानो सहयोगले पनि ठूलो फरक पार्छ।

उपचारका प्रमुख तीन नियमहरू

हेर्नुहोस् 

  •     व्यक्ति सुरक्षित ठाउँमा छ कि छैन ?  
  •     कसैलाई तत्काल शारीरिक चोट वा आपतकालीन सहयोग चाहिएको छ/छैन ध्यान दिनुहोस्।

सुन्नुहोस्

  •     प्रभावित व्यक्तिको कुरा धैर्यतापूर्वक र बिना कुनै पूर्वाग्रह सुन्नुहोस्। 
  •     बोल्न मन छैन भने जबर्जस्ती नगर्नुहोस्। 
  •     उनीहरूको भावनाको सम्मान गर्नुहोस्।

जोड्नुहोस्

  •     उनीहरूलाई चाहिने सही सूचना र आधारभूत आवश्यकता (खाद्यान्न, वासस्थान, औषधिउपचार) पुर्‍याउन  मद्दत गर्नुहोस्।

के गर्ने ?  

  •     शान्त र मायालु व्यवहार गर्ने
  •     गोपनीयता कायम गर्ने

के नगर्ने ?  

  •  झुटा आश्वासन नदिने
  •  सहमतिबिना तस्बिर र व्यक्तिगत विवरण सामाजिक सञ्जाल र फेसबुकमा सेयर नगर्ने विपद्मा परेका व्यक्तिको मानसिक स्वास्थ्यमा ध्यान दिनुपर्छ। एकअर्काको सहारा बन्नु पर्छ। याद राखौं, पहिले सुरक्षा महसुस गराऔं। त्यसपछि बल्ल साथ र सहयोग गरौं। 

प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.