नेपालले बहराइनविरुद्ध टस जितेर बलिङ गर्ने
काठमाडौं : एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनविरुद्ध टस जितेर बलिङ गर्ने भएको छ। मलेसियाको बाङ्गीस्थित वाईएसडी युकेएम क्रिकेट ओभलमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर बलिङ गर्ने निर्णय लिएका हुन्।
नेपाल प्रतियोगिताको समूह 'ए' मा रहेर खेल्नेछ। समूह 'ए' मा नेपाल, बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया रहेका छन्।
नेपाली टाेलीमा सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल, आसिफ शेख, दिपेन्द्र सिंह ऐरी, करण केसी, ललित राजवंशी, गुल्सन झा, देव खनाल, अर्जुन कुमाल, हेमन्त धामी र इशान पाण्डेलगायतका खेलाडी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस !