जेचुन शेर्पाको अन्तर्राष्ट्रिय छलाङ

जेचुन शेर्पाको अन्तर्राष्ट्रिय छलाङ

सुवास दर्नाल / सोलुखुम्बु : सोलुखुम्बुको हिमाली गाउँ लोदिङसँग पारिवारिक सम्बन्ध भएकी नेपाली मूलकी युवा कराते खेलाडी जेचुन शेर्पाले अमेरिकी राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय खेलकुदको प्रतिष्ठित मञ्चमा आफ्नो नाम लेखाएकी छन्। कोस्टारिकाको राजधानी सान होसेमा भएको ३५औं पान अमेरिकन कराते च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै कांस्य पदक जितेकी हुन्।

जेचुनले महादेशीयस्तरका उत्कृष्ट खेलाडीबीच प्रतिस्पर्धा गर्दै प्राप्त गरेको यो सफलता उनको व्यक्तिगत खेलजीवनको महत्वपूर्ण उपलब्धि मात्र होइन, नेपाली मूलका खेलाडीले अन्तर्राष्ट्रिय खेलकुदमा बनाउँदै गएको पहिचानको एउटा उल्लेखनीय उदाहरणसमेत बनेको छ। अगस्ट २४ देखि ३० गतेसम्म कोस्टारिकाको सान होसेमा सञ्चालन भएको प्रतियोगितामा अमेरिकी महादेशका विभिन्न राष्ट्रका युवा खेलाडी सहभागी भएका थिए। प्रतियोगितामा २७ राष्ट्रका एक हजारभन्दा बढी खेलाडी सहभागी भएका थिए। 

चिलीकी प्रतिस्पर्धीलाई हराउँदै पदकको यात्रा

जेचुनले प्रतियोगिताको महत्वपूर्ण चरणमा प्रभावशाली प्रदर्शन गर्दै पदकको यात्रा तय गरेकी हुन्। उनले सेमिफाइनल चरणमा चिलीकी प्रतिस्पर्धीलाई पराजित गर्दै पदक सुनिश्चित गरेकी थिइन्। जेचुनले चिलीकी खेलाडीविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै सफलता हात पारेकी थिइन्।

सेमिफाइनलमा प्राप्त जितसँगै उनी पदकको दाबेदार बनेकी थिइन्। त्यसपछि प्रतियोगिताको प्रतिस्पर्धात्मक यात्राबाट उनले अन्ततः कांस्य पदक आफ्नो नाममा सुरक्षित गर्न सफल भएकी हुन्। लगातारको अभ्यास, अनुशासन, खेलप्रतिको समर्पण र उच्चस्तरीय प्रतिस्पर्धाको अनुभवका कारण उनी अन्तर्राष्ट्रिय मञ्चमा समेत प्रभाव पार्न सफल भएको उनकी बुवा ल्हाक्पा शेर्पाले बताए। ‘यो निरन्त्तरको मेहनत र लगनशिलताको उपज हो। सोलुखुम्बुको लोदिङजस्तो विकट गाउँमा जन्मिएर पनि अन्तराष्ट्रिय स्तरमा यो स्थान हासिल गर्नु आफैमा गौरवको विषय हो’, बुवा ल्हाक्पा शेर्पाले भने।

राष्ट्रिय च्याम्पियन बनेर राष्ट्रिय टोलीसम्म
जेचुनको पान अमेरिकन च्याम्पियनसिपसम्मको यात्रा निकै छोटो समयमा तीव्र गतिमा अघि बढेको थियो। केही साताअघि मात्र उनले संयुक्त राज्य अमेरिकामा सम्पन्न राष्ट्रियस्तरको कराते प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जितेकी थिइन्। ४७ केजी तौल समूहमा स्वर्ण जितेपछि उनले अमेरिकी राष्ट्रिय टोलीमा स्थान बनाएकी थिइन्।

 विश्वभरका उत्कृष्ट खेलाडी सहभागी हुने राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेर राष्ट्रिय टोलीका लागि छनोट हुनु नै ठूलो उपलब्धि मानिन्छ। राष्ट्रिय प्रतियोगिताको स्वर्ण पदकपछि प्राप्त राष्ट्रिय टोलीको अवसरलाई उनले अन्तर्राष्ट्रिय मञ्चमा समेत प्रमाणित गरिन्। अमेरिकी राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै च्याम्पियनसिपमा सहभागी भएकी उनले कांस्य पदक जितेर आफ्नो खेल यात्रामा अर्को महत्वपूर्ण सफलता थपिन्। यसरी केही समयको अन्तरालमै राष्ट्रियस्तरको स्वर्ण र महादेशीयस्तरको कांस्य पदक जित्नु जेचुनका लागि सन् २०२६ लाई विशेष बनाउने उपलब्धि बनेको छ।

युवा प्रतिभाको ठूलो मञ्च

पान अमेरिकन कराते महासंघको आयोजनामा भइरहेको यो प्रतियोगिता युवा खेलाडीका लागि महादेशीयस्तरको महत्वपूर्ण प्रतिस्पर्धा हो। आयोजकका अनुसार प्रतियोगितामा कनिष्ठ, किशोर तथा १४ वर्षमुनि र १२ वर्षमुनिका खेलाडीलाई विभिन्न विधामा प्रतिस्पर्धा गराइएको छ। आयोजकले युवा खेलाडीको विकासलाई प्रतियोगिताको प्रमुख उद्देश्यका रूपमा अघि सारेको छ। युवा पुस्तामा लगानी गर्नु नै कराते खेलको दीर्घकालीन विकासको आधार भएको आयोजकको भनाइ छ। यही महादेशीय मञ्चमा जेचुनले हासिल गरेको कांस्यले उनको अन्तर्राष्ट्रिय खेलयात्रालाई थप बलियो बनाएको छ।

२७ राष्ट्रका उत्कृष्ट खेलाडीबीच नेपाली मूलकी खेलाडी
यस वर्षको प्रतियोगितामा २७ राष्ट्रका एक हजारभन्दा बढी खेलाडी सहभागी भएका थिए। उत्तर अमेरिका, मध्य अमेरिका, दक्षिण अमेरिका तथा क्यारिबियन क्षेत्रका विभिन्न राष्ट्रका खेलाडीले प्रतियोगितामा सहभागिता जनाएका छन्।

सोलुखुम्बुको लोदिङसँग जोडिएको कथा

जेचुनको सफलताको सबैभन्दा भावनात्मक पक्ष उनको पारिवारिक सम्बन्ध सोलुखुम्बुसँग जोडिनु हो। उनी सोलुदूधकुण्ड नगरपालिका–३ लोदिङकी हुन्। उनको परिवार लामो समयदेखि संयुक्त राज्य अमेरिकामा बसोबास गर्दै आएको छ। अमेरिकामा आफ्नो खेल प्रतिभा विकास गरे पनि जेचुनको पारिवारिक जरा भने सोलुखुम्बुको हिमाली भूगोलसँग जोडिएको छ। विश्वकै सर्वोच्च शिखर सगरमाथाको जिल्ला भनेर चिनिने सोलुखुम्बुबाट आएको शेर्पा परिवारकी छोरीले अहिले करातेको अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो छुट्टै पहिचान बनाएकी छन्।

विभिन्न खेलमा सक्रिय जेचुन 

जेचुनको रुचि करातेमा मात्र सीमित छैन। अध्ययनसँगै उनी पौडीजस्ता अन्य खेल गतिविधिमा समेत सहभागी हुँदै आएकी छन्। तर, करातेमा उनको निरन्तर सफलता र प्रतिस्पर्धात्मक उपलब्धिले उनलाई अहिले अमेरिकी राष्ट्रियस्तरको खेलाडीका रूपमा स्थापित गरेको छ। बाल्यकालदेखि नै खेलकुदमा रुचि राख्दै आएकी जेचुनले विभिन्न प्रतियोगितामा सहभागिता जनाउँदै अनुभव बटुलेकी छन्। प्रारम्भिक चरणमा प्राप्त साना सफलताले उनलाई अझ ठूलो लक्ष्यतर्फ अघि बढ्न प्रेरित गरेको थियो।

राष्ट्रिय तथा क्षेत्रीय प्रतियोगितामा निरन्तर सहभागिता र पदक प्राप्त गर्दै जाँदा उनको आत्मविश्वास बढ्दै गयो। अन्ततः राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेर राष्ट्रिय टोलीमा स्थान बनाउने सफलता हासिल गरिन्। त्यसपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा कांस्य जित्नु उनको खेलयात्राको महत्वपूर्ण उपलब्धि बनेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.